असाेज १०, दमक / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक नगर समितिद्वारा बडा दशैं, शुभ दिपावली, छैट पर्व तथा नेपाल संवत् लगायतका चाड–पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नगर समिति सदस्य, पदाधिकारी तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका दौरान हालै भएको जेन्जी आन्दोलनका क्रममा भोगिएका भौतिक क्षति तथा वर्तमान मुलुकको अवस्थाबारे समेत विस्तृत विश्लेषण गरिएको थियो। साथै राप्रपाले हालको चुनौतीपूर्ण परिस्थितिमा कसरी संगठनलाई मजबुत बनाउँदै अघि बढ्ने भन्ने विषयमा छलफल गरिएको बताइएको छ। सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै पार्टीको सशक्त उपस्थिति सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिइयो।
कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समितिका अध्यक्ष हेम सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो।
दमकमा राप्रपाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
दमकमा राप्रपाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

तपाईको प्रतिक्रिया