• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, चैत १४, २०८२
शनिबार, चैत १४, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

मेयर–उपमेयर विवादबीच दमकको १८औँ नगरसभा सम्पन्न

आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

लोकप्रिय समाचार

  • १. इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

  • २. राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

  • ३. दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

  • ४. डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

  • ५. रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

  • ६. झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

सुरु भयाे दसैँ, आज घटस्थापना

असाेज ६, दमक / प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।
जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउनुहुन्छ । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ ।
घटस्थापनाको साइत ९ः१३ बजे
आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।
आज घटस्थापनाको साइत बिहान ९ः१३ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए ।
दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायत राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।
नौ दिन नौ दुर्गाको पूजा
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन् । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।
दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ ।
बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो समेत हुनेगर्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु
डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित
रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

लोकप्रिय

इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

ताजा

झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु
  • डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित
  • रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण
  • दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 
  • इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :