• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, असोज २३, २०८२
बिहीबार, असोज २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमक मेनपावर संघ झापाबाट प्रहरी कार्यालय पुनर्निर्माणका लागि १ लाख ५७ हजार बराबरका सामग्री सहयोग

झिलझिलेमाः स्व. पवन चाम्लिङ राईको स्मृतिमा तेस्रो कोशी प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिता असोज २६ देखि

३७ वर्षदेखि हराइरहेका धन बा. राई आफ्नै घर फर्कने आशामा

गौरिगञ्जका युवाहरूको कन्काई पुल छिटो निर्माणको माग

कोशी प्रदेश सरकारद्वारा हेलिकप्टरमार्फत इलामका बाढी–पहिरो पीडितलाई राहत वितरण

दमकमा सुतेकै कोठामा एक बालक मृत फेला परेका छन्

तमोर करिडोरमा जीप दुर्घटना: पाँचथरमा ६ को मृत्यु, ६ घाइते

बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

लोकप्रिय समाचार

  • १. तमोर करिडोरमा जीप दुर्घटना: पाँचथरमा ६ को मृत्यु, ६ घाइते

  • २. ३७ वर्षदेखि हराइरहेका धन बा. राई आफ्नै घर फर्कने आशामा

  • ३. झिलझिलेमाः स्व. पवन चाम्लिङ राईको स्मृतिमा तेस्रो कोशी प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिता असोज २६ देखि

  • ४. दमक मेनपावर संघ झापाबाट प्रहरी कार्यालय पुनर्निर्माणका लागि १ लाख ५७ हजार बराबरका सामग्री सहयोग

  • ५. कोशी प्रदेश सरकारद्वारा हेलिकप्टरमार्फत इलामका बाढी–पहिरो पीडितलाई राहत वितरण

  • ६. गौरिगञ्जका युवाहरूको कन्काई पुल छिटो निर्माणको माग

  • ७. दमकमा सुतेकै कोठामा एक बालक मृत फेला परेका छन्

गौरिगञ्जका युवाहरूको कन्काई पुल छिटो निर्माणको माग

झापा, २२ असोज। झापाको गौरिगञ्ज–१ का स्थानीय युवाहरूले हुलाकी सडकअन्तर्गत अलपत्र परेको कन्काई पुल छिटो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार पुल निर्माण स्थलमै पुगेर उनीहरूले प्ले कार्डसहित प्रदर्शन गरेका हुन्।

‘हामीबाट भयो के भुल, सरकार चाँडो बना पुल’, ‘नचाहिने भ्यू टावरभन्दा चाहिने पुल बना सरकार’, ‘पूर्ण निर्माण सँगै विकास पनि गर’ जस्ता नारासहित युवाहरूले प्रदर्शन गरेका थिए।

हुलाकी सडक अन्तर्गत पर्ने यो कन्काई पुल करिब १४ वर्षदेखि अलपत्र छ। विसं २०६८ मा ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले काम अधुरै छोडेकाले पुल आजसम्म पनि सम्पन्न हुन सकेको छैन।

पुल नबन्दा गौरिगञ्ज–१ र झापा गाउँपालिकाका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। हिउँदमा बाँसको फड्के र बर्खामा डुंगाको सहारामा यात्रा गर्नुपरेको छ। स्थानीयका अनुसार बाँसको फड्के तर्दा ५० रुपैयाँसम्म र डुंगामा यात्रा गर्दा १०० रुपैयाँसम्म शुल्क तिर्नुपर्छ।

पछिल्ला वर्षा र बाढीका कारण उक्त क्षेत्रको सम्पर्क मार्ग थप अवरुद्ध भएको छ। भद्रपुरदेखि विराटनगर जोड्ने छोटो मार्गका रूपमा रहेको यो पुल निर्माण सम्पन्न भएको भए कोशी प्रदेश राजधानीसम्मको आवतजावत सहज हुने स्थानीयको भनाइ छ।

पुल निर्माणका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गरिएको बताउँदै स्थानीय युवा मुकेश राजवंशीले आगामी दिनमा हस्ताक्षर संकलन अभियानमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने तयारी भइरहेको जानकारी दिए। त्यसैगरी स्थानीय रघुनाथ निरौलाले पुल निर्माण तत्काल अघि बढाउन सरकारलाई आग्रह गरे।

दबाबमूलक कार्यक्रमका अगुवा इन्जिनियर सन्तोष तामाङका अनुसार पुल निर्माण स्थगित रहँदा स्थानीय विकास, व्यापार र आवतजावत सबै प्रभावित भएका छन्। उनले भने, “यो अब स्थानीयको मात्र होइन, सम्पूर्ण प्रदेशको आवश्यकता भएको पुल हो — सरकारले अब ढिलाइ गर्न हुँदैन।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमक मेनपावर संघ झापाबाट प्रहरी कार्यालय पुनर्निर्माणका लागि १ लाख ५७ हजार बराबरका सामग्री सहयोग
    झिलझिलेमाः स्व. पवन चाम्लिङ राईको स्मृतिमा तेस्रो कोशी प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिता असोज २६ देखि
    ३७ वर्षदेखि हराइरहेका धन बा. राई आफ्नै घर फर्कने आशामा

    लोकप्रिय

    तमोर करिडोरमा जीप दुर्घटना: पाँचथरमा ६ को मृत्यु, ६ घाइते

    ३७ वर्षदेखि हराइरहेका धन बा. राई आफ्नै घर फर्कने आशामा

    झिलझिलेमाः स्व. पवन चाम्लिङ राईको स्मृतिमा तेस्रो कोशी प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिता असोज २६ देखि

    गौरिगञ्जका युवाहरूको कन्काई पुल छिटो निर्माणको माग

    दमक मेनपावर संघ झापाबाट प्रहरी कार्यालय पुनर्निर्माणका लागि १ लाख ५७ हजार बराबरका सामग्री सहयोग

    ताजा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमक मेनपावर संघ झापाबाट प्रहरी कार्यालय पुनर्निर्माणका लागि १ लाख ५७ हजार बराबरका सामग्री सहयोग
    • झिलझिलेमाः स्व. पवन चाम्लिङ राईको स्मृतिमा तेस्रो कोशी प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिता असोज २६ देखि
    • ३७ वर्षदेखि हराइरहेका धन बा. राई आफ्नै घर फर्कने आशामा
    • गौरिगञ्जका युवाहरूको कन्काई पुल छिटो निर्माणको माग
    • कोशी प्रदेश सरकारद्वारा हेलिकप्टरमार्फत इलामका बाढी–पहिरो पीडितलाई राहत वितरण

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :