कार्तिक ११, झापा / मिति २०८२ साल कार्तिक ११ गते (मंगलबार) बिहान करिब ४:०० बजे झापाको शिवसताक्षि नगरपालिका–१० माईधार चौक नजिक पूर्व–पश्चिम राजमार्गमा एक यात्रुबाहक बस दुर्घटनामा परेको छ।
रामेछापको मन्थलीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको रात्रि बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल बायाँपट्टि पल्टिँदा बसमा सवार २५ मध्ये १९ जना यात्रु घाइते भएका छन्।
घाइतेहरुको उद्धार गरी बिर्तामोडस्थित बिर्तासिट अस्पताल पठाइएको प्रहरीले जनाएको छ। बाँकी ६ जना यात्रु भने सामान्य अवस्थामा आफ्ना गन्तव्यतर्फ गइसकेका छन्। सडक अवरुद्ध नभएको र बस हाल पनि घटनास्थलमै रहेको प्रहरीको भनाइ छ।
दुर्घटनास्थलमा माईधार प्रहरी चौकीबाट प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान भइरहेको छ।
घाइतेहरुको विवरण यसप्रकार छः १. राजु भुजेल, ३९ वर्ष, मेचिनगर–६, बस चालक — टाउकोमा चोट, अवस्था मध्यम। २. अम्बर बहादुर बुढाथोकी, ६५ वर्ष, मन्थली–१० — घाँटी र ढाडमा चोट, अवस्था मध्यम। ३. इक्षा लिम्बु, १७ वर्ष, झापा–३ — निधार, हात र खुट्टामा चोट, अवस्था मध्यम। ४. भिमप्रसाद पुरी, ३५ वर्ष, मन्थली–९ — बायाँ करङमा चोट, अवस्था मध्यम। ५. रबिलाल गनेस, २० वर्ष, कचनकवल–४ — टाउकोमा चोट, अवस्था मध्यम। ६. मिटु खत्री, ६५ वर्ष, ठाडादेवी–३ — ढाडमा चोट, अवस्था मध्यम। ७. परिना गनेस, २१ वर्ष, कचनकवल–४ — टाउको र ढाडमा चोट, अवस्था मध्यम। ८. सिमित्रा खड्का कार्की, ३६ वर्ष, बिर्तामोड–१० — हात र खुट्टामा चोट, अवस्था सामान्य। ९. एलोन कार्की, ९ वर्ष — टाउको र छातिमा चोट, अवस्था मध्यम। १०. प्रदीप बहादुर बस्नेत, ३० वर्ष, बैनेश्वर–३, दोलखा — टाउकोमा चोट, अवस्था मध्यम। ११. अनु श्रेष्ठ, ८ वर्ष, देउराली, रामेछाप — टाउकोमा चोट, अवस्था सामान्य। १२. कुमार बस्याल, २८ वर्ष, तामाकोशी–३, दोलखा — छातिमा चोट, अवस्था सामान्य। १३. भेमा राजबंसी, २७ वर्ष, कचनकवल–६ — छाती र कुममा चोट, अवस्था मध्यम। १४. रामकुमार श्रेष्ठ, ३५ वर्ष, बिर्तामोड–५ — छाती र तिघ्रामा चोट, अवस्था सामान्य। १५. रिदम श्रेष्ठ, ९ वर्ष — हात र खुट्टामा चोट, अवस्था सामान्य। १६. पुर्ण बहादुर नेपाली, २३ वर्ष, बिर्तामोड–५ — टाउको र कुममा चोट, अवस्था सामान्य। १७. सितल नेपाली, १८ वर्ष — बायाँ आँखाको डिलमा चोट, अवस्था सामान्य। १८. अबिषेक राजबंसी, २१ वर्ष, बाह्रदशी–५ — नाकमा चोट, अवस्था सामान्य। १९. श्यामलाल किस्कु, १८ वर्ष, झापा–२ — टाउकोमा चोट, अवस्था सामान्य।
प्रारम्भिक अनुमानअनुसार बस अनियन्त्रित भएर पल्टिएको बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





