दमक, १ कार्तिक–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक र उर्लाबारी शाखाले दमकमा शनिबार संयुक्त कार्यक्रमको आयोजना गरेर अभिकर्ता सम्मान गरेको छ ।
झापाको दमक र मोरङको उर्लाबारी शाखा कार्यालय मार्फत आर्थिक वर्ष २०८१।०८२ मा व्यवसाय गर्दै विभिन्न विद्यागततर्फ उत्कृष्ट हुने अभिकर्ताहरुलाई कार्यक्रममा सम्मान गरिएको हो । कम्पनीको केन्द्रीय कार्यालयबाट आर्थिक वर्ष २०८१।०८२ मा लक्षित व्यवसाय पुरा गर्ने देशभरकै शाखाहरुबाट दमक शाखा उत्कृष्ट पहिलो शाखाको रुपमा पुरस्कृत भएको छ ।
दमकस्थित कनकाइ पार्टी प्यालेसमा सम्पन्न अभिकर्ता सम्मान कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका उपकार्यकारी प्रमुख स्मृतीराज कडेलले दर्जनौ अभिकर्ताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियाो ।
दमक शाखा कार्यालय प्रमुख तथा कम्पनीका बजार उपप्रवन्धक सुमन थुलुङ राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राईले प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, अतिथिहरु र कम्पनीमा कार्यरत सिनियर तथा जुनियर अभिकर्ताहरुलाई शब्दद्धारा स्वागत मन्तव्य राख्नुभएको थियो ।
उर्लाबारी शाखा कार्यालयबाट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मानपछि दमक शाखा कार्यालयबाट व्यवसाय गर्ने अभिकर्ताहरुलाई विभिन्न विद्यागत सम्मान तथा मायाको चीनो प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनीका उपकार्यकारी प्रमुख स्मृतिराज कडेल, दमका शाखा प्रमुख तथा बजार उप–प्रवन्धक सुमन थुलुङ राई, उर्लाबारी शाखा प्रमुख मोहन कडेल, दमक शाखा कार्यालयका अभिकर्ता संघ अध्यक्ष नारायण भण्डारीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमा पुर्र्याएको योगदानको चर्चा गर्नुभएको थियो ।






