असाेज २४, शिबसताक्षी / झापाको शिबसताक्षी–१ धरमपुरमा स्कुटर र मोटरसाइकल एकापसमा ठोकिएर एक जनाको मृत्यू भएको छ । सोही दुर्घटनामा परेर दुईजना गंभीर घाइते भएका छन् ।
दुर्घटनामा गंभीर घाईते तीनै जनालाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारत पठाइएको थियो । उपचारको क्रममा बिर्तामोड–५ की निरुता भट्टराईको मृत्यु भएको छ । मृतक भट्टराई स्कुटी चालक हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी– १ धरमपुरस्थित भित्री पक्की सडकखण्डमा शुक्रवार दिउँसो १।३० वजे दई सवारीसाधन एकआपसमा ठोकिएर दुर्घटना भएको थियो ।
दक्षिणी क्षेत्र पाराबारीबाट धरमपुर चौकतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ९३५८ नं को स्कुटर र बिपरित दिशाबाट जाँदै गरेको प्र १–०२–०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकापसमा जुधेको हो ।
दुर्घटनामा स्कुटर चालक भट्टराई, सोही स्कुटी पछाडी सवार सिन्धुपाल्चोक चिम्लिङबेसी –४ बस्ने बर्ष–३४ का सिताराम पराजुली र मोटरसाइकल चालक मोरङ उर्लाबारी–१ बस्ने अन्दाजी बर्ष–३१ का सुरज कार्की पनि गंभीर घाइते भएका थिए ।
घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको र दुवै सवारी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






