• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

३७ वर्षदेखि हराइरहेका धन बा. राई आफ्नै घर फर्कने आशामा

असाेज २२, खोटाङ । सयौँ सपना र संघर्षको भारी बोकेर २०४५ सालतिर खोटाङ पुगेका झापाका धन बा. साम्पाङ राई (दमके) अहिले जीवनको उत्तरार्धमा आफ्नै घर फर्कने तीव्र चाहनाले तड्पिरहेका छन्। करिब ७० वर्ष उमेर पार गरेका यी वृद्ध अहिले पनि बासको चोयाबाट डोका, डाला, मान्द्रो, थुन्छे र खुगी जस्ता सामग्री बुन्दै जीवन गुजारिरहेका छन्।

स्थानीयहरूका अनुसार धन बा. कहिल्यै कसैसँग झगडा नगर्ने, इमानदार र मेहनती व्यक्ति हुन्। गाउँभरि उनी “दमके बा” भनेर चिनिन्छन्। लाहुरेको भारी बोकेर खोटाङ पुगेका धन बा. राईको मूल घर झापाको दमक नगरपालिका–केर्खा चुलाचुली आसपासमा पर्छ। उनले झापा छाड्दा उमेर युवा थियो। त्यतिबेला लाहुरे महेन्द्र कठायतसँग भेट भएपछि उनी खोटाङका दुर्गम गाउँ — दोर्पा, दोबेला, बुवासुङ, रतन्छा, चुईचुम्मा — हुँदै स्थायी रूपमा त्यहीँ बसोबास गर्न थाले।

तर समयसँगै गाउँ, परिवार र आफन्तहरूको सम्पर्क हरायो। ३७ वर्ष बितिसक्दा पनि उनी झापा फर्कन सकेका छैनन्। “अब त आफ्ना मान्छे भेट्ने रहर मात्र बाँकी छ”जीवनको अन्त्यतिर पुग्दा उनी भन्छन्,“काम गर्न सक्ने शक्ति घट्दैछ, आफ्ना मान्छेहरूसँग अन्तिम भेट गरौँ भन्ने मन छ।”

तर घर फर्कने उनको चाहना सजिलो छैन। नागरिकता नहुँदा आफ्नो पहिचान प्रमाणित गर्न पनि कठिनाइ भइरहेको छ।“घर जाऊँ भने मानेनन्। कमाएको पैसा उठाउन बाँकी छ भनेर बसेको छु,” उनले आँखा रसाउँदै सुनाए। धन बा.का अनुसार उनकी आमा फुलमाया राई हुन्। उनका दुई बुबा थिए — जेठा र कान्छा। जेठा बाउबाट दाजु सन्त बा. र भक्त बा. राई छन् भने छ जना बैनीहरू छन्। कान्छा बाउबाट धन बा. र एक बहिनी धन माया राई हुन्। “जेठी र कान्छी दुवै बुढी पनि धेरै अघिबाटै गइन्। अब त म मात्र बाँकी छु, घर फर्केर आफन्त सम्झन मन छ,” उनले भावुक हुँदै भने।

खोटाङका स्थानीयहरू भन्छन् “उनी कहिल्यै कसैसँग झगडा गर्थेनन्, गाउँमा सबैले ‘दमके बा’ भनेर चिन्दथ्यौं।” धन बा. अहिले पनि बासका सामग्री बुनेर गाउँमा बेच्दै गुजारा चलाइरहेका छन्। कुनै स्थायी घर वा जमिन नभए पनि उनी आफ्नो श्रम र आत्मबलमा भर परेर बाँचिरहेका छन्। धन बा.को अहिले एउटै इच्छा बाँकी छ — झापा दमकको आफ्नो जन्मथलो फर्कने।

“म बस्ने ठाउँ केर्खा–चुलाचुली आसपास हो। मामाको नाम पदम बहादुर राई (पञ्चप्रधान) हो। कसैले चिने भने कृपया खबर पुर्‍याइदिनुहोस्,” उनले अनुरोध गरे।

यदि यो समाचार पढ्ने कसैले धन बा.का आफन्तहरूलाई चिन्नुहुन्छ भने, कृपया यो सन्देश दमक–केर्खा चुलाचुली र आसपासका गाउँहरूमा पुर्‍याउन सहयोग गर्नुहोस्। ३७ वर्षदेखि हराइरहेका यी वृद्ध अझै पनि आफ्नै माटो फर्केर बाँकी जीवन आफ्नै गाउँमा बिताउने आशामा छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :