२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

रोयल स्पोर्टिङ क्लबद्वारा लागूऔषधविरुद्ध एकमहिने खेलकुद अभियान

झापाको दमक नगरपालिका–२ स्थित रहेको रोयल स्पोर्टिङ क्लबको आयोजनामा लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले १ महिने निःशुल्क खेलकुद प्रशिक्षण कार्यक्रम बुधबारदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ।

रोयल स्पोर्टिङ क्लबको अध्यक्ष राजु खडकाको अध्यक्षतामा भएको कार्यक्रमको दमक नगरपालिकाका प्रमुख रामकुमार थापा प्रमुख अतिथिको रूपमा उपस्थित कार्यक्रममा इलाका प्रमुख ,ट्राफिक प्रमुख पहिलो पाइला अध्यक्ष राजु निरौला ,डिपिएल अध्यक्ष दिवस खतिवडा क्ल्ब हिमालयन टाइगरको अध्यक्ष रेबत चन्द्र भण्डारी विभिन्न सामाजिक संघ–संस्था, खेलप्रेमी, युवा तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

दमक–४ स्थित RNS फुटसल ग्राउण्डमा सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममार्फत युवालाई खेलकुदतर्फ आकर्षित गर्दै लागूऔषध दुव्र्यसनबाट टाढा राख्ने र स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

१ महिने खेलकुद बिधामा बक्सिङ ,जिम ,फुटसल साथै लगायत जनचेतनामुलक कार्यक्रम समेत रहेको बताइएको छ।

कार्यक्रममा उपस्थित अतिथि, सहभागी तथा सहयोगी सम्पूर्णप्रति आयोजक रोयल स्पोर्टिङ क्लबले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा खेलकुदमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको कार्यक्रम को सन्चालन सचिब खगेन्द्र बजगाइले गरेका थिए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।