२०८३ श्रावण १८ सोमबार
२०८३ श्रावण १८ सोमबार

दमकमा विद्यार्थीलाई दन्त उपचारमा सहुलियत, तेजस् डेन्टल र ब्रिज इन्टरनेसनलबीच सम्झौता

दमक । दमकस्थित तेजस् डेन्टल क्लिनिक र ब्रिज इन्टरनेसनल दमक एजुकेसनल कन्सल्टेन्सीबीच विद्यार्थीलाई दन्त उपचार सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार ब्रिज इन्टरनेसनल दमकमा अध्ययन तथा परामर्श सेवा लिइरहेका सम्पूर्ण विद्यार्थीले तेजस् डेन्टल क्लिनिकबाट उपलब्ध हुने दन्त उपचार सेवामा २० प्रतिशत छुट प्राप्त गर्नेछन्।क्लिनिकका अनुसार यो सुविधा सम्झौता लागू भएको मितिदेखि एक वर्षसम्म कायम रहनेछ। छुट सुविधा लिन विद्यार्थीले ब्रिज इन्टरनेसनल दमकले उपलब्ध गराएको परिचयपत्र वा आधिकारिक सिफारिसपत्र प्रस्तुत गर्नुपर्नेछ।

विद्यार्थीलाई गुणस्तरीय दन्त उपचार सेवा सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच सहकार्य गरिएको तेजस् डेन्टल क्लिनिकले जनाएको छ। सम्झौताबाट विद्यार्थीमा नियमित दन्त परीक्षण गर्ने बानीको विकास हुनुका साथै दाँत तथा मुखसम्बन्धी समस्या समयमै पहिचान र उपचार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। तेजस् डेन्टल क्लिनिकले विद्यार्थीलाई स्वस्थ मुस्कान, गुणस्तरीय उपचार र विशेष छुटको अवसरबाट लाभ लिन आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।