२०८३ श्रावण २० बुधबार
२०८३ श्रावण २० बुधबार

गोठालो मार्ट दमक र कामधेनु दुग्ध विकास सहकारीबीच सहकार्य, स्थानीय उत्पादनको बजारीकरणमा जोड

दमक। झापाको दमक–६, देवकोटा चोकस्थित दमक सहकारीको भवनमा सञ्चालित गोठालो मार्ट दमक र कामधेनु दुग्ध विकास सहकारी संस्था, इटहरी बीच स्थानीय किसानका उत्पादनको खरिद–बिक्री तथा बजारीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको छ।

समझदारीपछि मंगलबार कामधेनु दुग्ध विकास सहकारी संस्थाका कार्यालय प्रमुख नवराज नेपाल सहितको टोलीले गोठालो मार्टको अवलोकन गरेको थियो।

अवलोकनका क्रममा कार्यालय प्रमुख नेपालले किसानसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै सिद्धान्त र सहकारीको मूल्य–मान्यता अनुरूप उत्पादनको खरिद–बिक्री तथा बजारीकरण गर्ने उद्देश्यले सहकार्य अघि बढाइएको बताउनुभयो। यसबाट किसानले उत्पादनको उचित बजार पाउने र उपभोक्ताले गुणस्तरीय स्वदेशी वस्तु सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

गोठालो मार्टका सञ्चालक समिति अध्यक्ष सागर गौतम ले किसानले उत्पादन गरेका कृषि तथा घरेलु उत्पादनलाई प्रत्यक्ष खरिद गरी उपभोक्तासम्म पुर्‍याउने व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार मार्टले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै बजार विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

गोठालो मार्टमा दैनिक उपभोग्य सामग्री, ताजा सागसब्जी, अर्गानिक कृषि उत्पादन, नेपालमै उत्पादन भएका गाँजा र भाङको रेसाबाट बनेका लुगा, झोला, ब्यागलगायत विभिन्न स्वदेशी उत्पादन उपलब्ध रहेका छन्।

मार्टले नेपाली उत्पादनको प्रवर्द्धन, कृषि तथा जडीबुटीजन्य उत्पादनको विकास, स्थानीय उत्पादनको बजारीकरण, युवा उद्यमशीलताको अभिवृद्धि तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।

सहकार्यसँगै स्थानीय किसानका उत्पादनलाई अझ व्यवस्थित बजार उपलब्ध गराउने, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने तथा सहकारीमार्फत ग्रामीण अर्थतन्त्रलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।