२०८३ आश्विन १ बिहीबार
२०८३ आश्विन १ बिहीबार

भोटेकोशी बाढीपीडितका लागि दमक उद्योग वाणिज्य संघको ४१ लाखभन्दा बढी सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि दमक उद्योग वाणिज्य संघले ४१ लाख रुपैयाँभन्दा बढीको सहयोग गरेको छ।

संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ लाख ४३ हजार ३७५ सहयोग रकम प्रदान गरेको छ। साथै, बाढीपीडितका लागि आवश्यक जिन्सी सामग्रीतर्फ रु. ३८ लाख २८ हजार २० रुपैयाँ बराबरको सहयोग समेत उल्लेख गरिएको छ।

संघले विपद्को समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको अध्यक्ष गोपाल गुरागाइले बताउनुभयो।

यसअनुसार संघको नगद तथा जिन्सी गरी कुल रु. ४१ लाख बढीको सहयोग भएको देखिन्छ। पछिल्लो समय भोटेकोशी बाढी प्रभावित क्षेत्रमा निजी क्षेत्र तथा व्यवसायिक संघसंस्थाबाट राहत सहयोग जुट्ने क्रम जारी छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।