२०८३ आश्विन १३ मंगलवार
२०८३ आश्विन १३ मंगलवार

सुरुङ्गा जेसीजलाई ‘मोस्ट इम्प्याक्टफुल जेसीज सप्ताह सेलिब्रेसन अवार्ड’

झापा । सुरुङ्गा जेसीजले वर्ष २०२६ अन्तर्गत आयोजना गरेको जेसीज सप्ताह २०२६ प्रभावकारी रूपमा सम्पन्न गर्दै JCI Nepal Area ‘A’ Conference 2026 मा “Area Most Impactful Jaycees Week Celebration Award” प्राप्त गरेको छ।

सुरुङ्गा जेसीजले सप्ताहअन्तर्गत अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, “सफलता तत्वः व्यक्तित्व एवम् नेतृत्व” युवा प्रशिक्षण, अन्तर जेसीज क्विज प्रतियोगिता, ‘Women Beyond Limit’ प्रेरणादायी कार्यक्रम, युवाका लागि AI Training, लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम, Fellowship Evening तथा समापन समारोह लगायतका विविध कार्यक्रम सञ्चालन गरेको थियो।

वक्तृत्वकला प्रतियोगितामा १२ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो भने युवा नेतृत्व प्रशिक्षणमा ५० भन्दा बढी युवाको सहभागिता रहेको थियो। त्यस्तै अन्तर जेसीज क्विज प्रतियोगितामा ८ वटा जेसीज शाखा सहभागी भएका थिए। लागूऔषधविरुद्धको सचेतना कार्यक्रम ज्येष्ठ नागरिक संघ तथा नेपाल प्रहरीसँगको सहकार्यमा सम्पन्न गरिएको थियो।

युवा नेतृत्व विकास, व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्व, ज्ञान अभिवृद्धि, सामाजिक सचेतना तथा समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै सञ्चालन गरिएका यी कार्यक्रमले “Lead • Inspire • Impact” भन्ने सुरुङ्गा जेसीजको २०२६ को मूल भावनालाई व्यवहारमा उतारेको थियो।

क्षेत्र ‘A’ अन्तर्गतका विभिन्न जेसीज शाखाबीच भएको मूल्यांकनबाट सुरुङ्गा जेसीजले प्राप्त गरेको Area Most Impactful Jaycees Week Celebration Award ले सप्ताहभर सञ्चालन गरिएका कार्यक्रमहरूको प्रभावकारिता, विविधता र समुदायमा पुर्‍याएको योगदानलाई थप सम्मानित गरेको छ।
सुरुङ्गा जेसीजले उक्त उपलब्धिलाई सम्पूर्ण जेसीज सदस्य, कार्यक्रमका सहभागी, सहयोगी संस्था, विद्यालय, प्रशिक्षक, अतिथि तथा समुदायको सामूहिक प्रयासको परिणाम भएको जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।