२०८३ आश्विन १४ बुधबार
२०८३ आश्विन १४ बुधबार

गौरीगञ्जमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम

गौरीगञ्ज । झापाको गौरीगञ्जमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। पहिलो पाईला नेपाल, गौरादह शाखाको आयोजना तथा इलाका प्रहरी कार्यालय गौरीगञ्जको सहकार्यमा गौरीगञ्ज बहुमुखी क्याम्पसमा कार्यक्रम आयोजना गरिएको हो।

पहिलो पाईला नेपाल, गौरादह शाखाका अध्यक्ष भुपेन्द्र निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका केन्द्रीय सचिव तथा गौरादह शाखा प्रतिनिधि दिवस खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा क्याम्पस प्रमुख भक्त भण्डारी, इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख कैलाशकुमार अधिकारी र स्ववियु सभापति रोशन यादव अतिथिका रूपमा उपस्थित थिए।

कक्षा ११ र १२ मा अध्ययनरत करिब ८०–९० जना विद्यार्थी सहभागी कार्यक्रममा प्रहरीले लागुऔषध दुर्व्यसनका कारण हुने व्यक्तिगत, पारिवारिक तथा सामाजिक असरका विषयमा जानकारी गराएको थियो। साथै लागुऔषधबाट बच्ने उपाय, यसको रोकथाम तथा विद्यार्थीहरूले अपनाउनुपर्ने सावधानीका विषयमा समेत सहजीकरण गरिएको थियो।

कार्यक्रममा क्याम्पस प्रमुख भक्त भण्डारी, केन्द्रीय सचिव दिवस खतिवडा र इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख कैलाशकुमार अधिकारीले लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि विद्यार्थी, अभिभावक, शैक्षिक संस्था र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा सदस्य दीक्षा भण्डारीले अतिथि सत्कार गरेकी थिइन् भने सचिव प्रदीप धमलाले कार्यक्रम सञ्चालन गरेका थिए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।