Written by Multi Media
झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. ३ बाट सदिक्षा खड्का महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन्। ३५ वर्षमुनिका महिला प्रतिनिधित्व गर्दै अघि बढेकी खड्का युवा तथा महिला सहभागिताको विषयलाई प्राथमिकतामा राख्दै राजनीतिक यात्रामा सक्रिय रहेकी छन्।
बाह्रदशी क्षेत्रमा सामाजिक तथा नेतृत्व विकासका गतिविधिमा सक्रिय खड्का बाह्रदशी जेसीजको नेतृत्वमा समेत रहेकी छन्। शिक्षा, युवा नेतृत्व तथा सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएकी उनलाई कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा चयन गरिएको हो।
खड्काले नयाँ पुस्ताको आवाजलाई पार्टीको नीति तथा नेतृत्व तहसम्म पुर्याउने, युवाको अर्थपूर्ण सहभागिता बढाउने तथा महिलाको राजनीतिक सहभागितालाई थप प्रभावकारी बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेकी छन्।

























