२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

दमक । तेजस् डेन्टल क्लिनिक, दमक–६ र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दमक–६ बीच एक वर्षका लागि दन्त उपचार सेवामा २० प्रतिशत छुट प्रदान गर्ने समझदारीपत्र (एमओयू) सम्पन्न भएको छ। सम्झौताअनुसार सूर्यदर्शन साकोसका शेयर सदस्य तथा कर्मचारीहरूले तेजस् डेन्टल क्लिनिकमा उपलब्ध सम्पूर्ण दन्त उपचार सेवामा एक वर्षसम्म २० प्रतिशत छुट सुविधा प्राप्त गर्ने डेन्टलका सञ्चालक कमल प्रसाद गैरेले बताएका छन् । उक्त सुविधा सम्झौता अवधिभर लागू रहनेछ। शेयर सदस्य तथा कर्मचारीहरूले आवश्यक परिचयपत्र वा संस्थाको सिफारिसका आधारमा सहुलियत सुविधा लिन सक्ने जनाइएको छ। दुवै संस्थाबीच भएको यस सहकार्यले सहकारीका शेयर सदस्य तथा कर्मचारीलाई गुणस्तरीय, विश्वासिलो र सहज दन्त स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास सहकारी संस्थाका अध्यक्ष टिकाराज सापकोटाले बताउनुभएको छ । तेजस् डेन्टल क्लिनिकले यस महत्वपूर्ण सहकार्यका लागि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय र प्रभावकारी दन्त स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।

दमक, झापा/ झापाको दमकमा प्रहरीले लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मंगलबार राति करिब ९ बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक नगरपालिका–२ का २९ वर्षीय सन्तोष थापाको कोठामा तलासी लिएको थियो। तलासीका क्रममा प्लास्टिकसहित १० ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम १७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी प्रहरीले डिजिटल तराजु १ थान र नगद १४ हजार ५०० रुपैयाँ समेत बरामद गरेको छ। पक्राउ परेका थापालाई इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दमक, झापा TVS को दमकस्थित आधिकारिक बिक्रेता दुर्गा इन्टरप्राइजेजले ग्राहकलाई लक्षित गर्दै फेरि TVS Exchange Mania ल्याउने भएको छ। दुर्गा इन्टरप्राइजेजका अनुसार साउन २८ गतेदेखि भदौ ३ गतेसम्म तवस को अचम्मैको डिल’ मार्फत अचम्मैको अफर ल्याइएको हो।
७ दिन सम्म सञ्चालन हुने एक्सचेन्ज अफरमा ग्राहकले आफूले प्रयोग गर्दै आएको जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी TVS का नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्।
दुर्गा इन्टरप्राइजेजका व्यवस्थापक बालचन्द्र कार्कीका अनुसार अफर अवधिभर ग्राहकका लागि फाइनान्स सुविधा, आकर्षक एक्सचेन्ज मूल्य तथा अन्य विभिन्न सुविधा र उपहारको व्यवस्था गरिएको छ। पुरानो सवारीसाधनलाई नयाँ TVS सवारीसँग सहज रूपमा साट्न सकिने भएकाले ग्राहकका लागि यो अवसर उपयोगी हुने उनको भनाइ छ।
Exchange Mania दमक–६, देवकोटा चोकस्थित सिद्धि मार्केटमा आयोजना हुनेछ। आयोजकले ग्राहकलाई अफर अवधिभर कार्यक्रमस्थलमा आएर आफ्नो पुरानो सवारीसाधनको मूल्यांकन गराई नयाँ TVS मोटरसाइकल वा स्कुटर खरिद गर्न आग्रह गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।