२०८३ मंसिर १४ आईतवार
२०८३ मंसिर १४ आईतवार

पहिलो पाइलाको कापी पाएपछि विद्यार्थी हर्षित

दमक । पहिलो पाइला नेपाल दमक शाखाको आयोजनामा दमक–४ स्थित जनचेतना आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्रीअन्तर्गत कापी,कलम , वितरण गरिएको छ।

विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने तथा शिक्षाप्रति थप उत्साह र प्रेरणा जगाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई कापी ,कलम ,पेन्सिल वितरण गरिएको सचिब पुजा दाहाल ले जानकारि दिइन। कापी पाएपछि विद्यार्थीहरू हर्षित देखिएका थिए।

संस्थाका अध्यक्ष राजु निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार महेश घिमिरे, विनोद ढकाल, उपाध्यक्ष लबराज खड्का, सचिव पूजा दाहाल, सदस्यहरू जीपी पोख्रेल, तुलसा शिवाकोटी र पत्रकार सुबास सुवेदि ,सुशील कार्की,लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला गौतम र मानबहादुर धिमाल प्रधानाध्यापककले कार्यक्रम मा बोल्दै सस्थाको प्रशाशा र धन्यवाद ब्यक्त गर्नुभएको छ।
कार्यक्रम को शुभकामना मन्तव्य सल्लाहकार महेश घिमिरे ले राख्नु भएको कार्यक्रमको सन्चालन लबराज खडकाले गरेका थिए।

सामाजिक सेवासँगै शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले पहिलो पाइला नेपाल दमक शाखाले सञ्चालन गर्दै आएको सामाजिक अभियानअन्तर्गत उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रममा मोन्दिप सिह थापा ,मन्दिप मोबाइल र बिक्रम अधिकारिले सहयोग पुर्याउनु भएको थियो।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।