२०८३ श्रावण २८ बिहीबार
२०८३ श्रावण २८ बिहीबार

दमक । TVS को दमकस्थित आधिकारिक बिक्रेता दुर्गा इन्टरप्राइजेजले आयोजना गरेको ‘TVS Exchange Mania’ को पहिलो दिनमै १७ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएका छन्।

दमक–६, देवकोटा चोकस्थित सिद्धि मार्केटमा बिहीबारदेखि सुरु भएको एक्सचेन्ज कार्यक्रममा १० वटा पुराना सवारीसाधन एक्सचेन्ज भएका छन् भने ७ वटा नयाँ TVS मोटरसाइकल तथा स्कुटर बिक्री भएको दुर्गा इन्टरप्राइजेजले जनाएको छ।

‘TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal’ योजनाअन्तर्गत सञ्चालन भइरहेको कार्यक्रममा ग्राहकले जुनसुकै कम्पनीका पुराना मोटरसाइकल वा स्कुटर ल्याएर आकर्षक मूल्यांकनसहित नयाँ TVS मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्।

दुर्गा इन्टरप्राइजेजका अनुसार एक्सचेन्ज कार्यक्रम साउन २८ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ। अफर अवधिभर ग्राहकका लागि फाइनान्स सुविधा, आकर्षक एक्सचेन्ज मूल्य तथा विभिन्न सुविधा र उपहारको व्यवस्था गरिएको छ।

पहिलो दिनमै उत्साहजनक सहभागिता देखिएपछि आगामी दिनमा पनि ग्राहकको आकर्षण थप बढ्ने अपेक्षा गरिएको दुर्गा इन्टरप्राइजेजले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।