२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

दमक । दमक जेसीजले जेसीज सप्ताहअन्तर्गत समुदायमा प्रत्यक्ष लाभ पुग्ने विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्ने भएको छ।

बुधबार भोली देखि हुने कार्यक्रमबारे जानकारी दिन अध्यक्ष राजेन्द्र बिमलीको अध्यक्षतामा प्रेस मिट आयोजना गरेर यस विषयमा जानकारी दिएको छ ।

सप्ताह अन्तर्गत पाणिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई दुर्घटना बीमा गरिदिने, किओच बाल अस्पतालमा सार्वजनिक पुस्तकालय हस्तान्तरण, दमक ७ को स्वास्थ्य केन्द्रलाई रेफ्रीजेटर प्रदान गर्ने लगायतका कार्यक्रमहरु रहेको दमक जेसिज अध्यक्ष राजेन्द्र बिमलीले जनाए ।

यसै गरि खुला ब्याडमिन्टन प्रतियोगिता, बिधालयका बस चालक तथा सहचालकलाइ ट्राफिक सचेतन्ना लगायतका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष बिमलीले जानकारी दिए। जेसीजले सप्ताहलाई औपचारिकतामा सीमित नराखी समुदायको आवश्यकता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर कार्यक्रम तय गरेको सो अवसरमा जानकारी दिइएको छ ।

दमक, झापा । आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै पहिलो पाइला नेपाल दमक शाखाका उपाध्यक्ष लबराज खड्काले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउनुभएको छ।

पहिलो पाइला नेपाल दमक शाखाको आयोजनामा आज दमक–१० स्थित श्री पशुपति आदरभूत विद्यालयमा आयोजित कार्यक्रममा खड्काको सौजन्यमा विद्यालयका एक सयभन्दा बढी विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दमक–१० का वडा सदस्य रविन्द्र लिम्बू प्रमुख अतिथि तथा सामाजिक व्यक्तित्व एवं निम्स नेशनल अस्पताल दमकका अध्यक्ष उमाकान्त आचार्य विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, सल्लाहकारहरू गणेश प्रधान, महेश घिमिरे र सुभास सुवेदी, उपाध्यक्ष लबराज खड्का, सचिव पूजा दाहाल, केन्द्र सचिव दिवस खतिवडा, गौरादह शाखा सचिव प्रदीप धमला लगायत संस्थाका सदस्य, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

जन्मदिनको अवसरमा शैक्षिक सामग्री सहयोग गर्नुभएका उपाध्यक्ष खड्काले जन्मदिनमा हुने अनावश्यक तथा फजुल खर्चलाई निरुत्साहित गर्दै सोही रकम विद्यार्थीको शिक्षामा खर्च गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो।

उहाँले विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने र सानो सहयोगले पनि बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा योगदान पु¥याउने उद्देश्यले जन्मदिनलाई सामाजिक सेवासँग जोडेको बताउनुभयो।

कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशेष अतिथिलगायत वक्ताहरूले जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्य उदाहरणीय रहेको भन्दै खड्कालाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको थियो।

विद्यालयका प्रधानाध्यापक शिताराम निरौलाले सञ्चालन गर्नुभएको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

दमक । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमक र उर्लाबारी शाखाको संयुक्त आयोजनामा अभिकर्ता सम्मान तथा एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ।

शनिबार दमकस्थित कनकाई पार्टी प्यालेसमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट व्यवसाय गर्ने दुवै शाखाका अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कृत गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी कोशी प्रदेश प्रमुख नरेन्द्र राईले उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो।

उर्लाबारी शाखाबाट ‘नेशनल रत्न’ अवार्डतर्फ नैनकला राई सम्मानित हुनुभएको छ। व्यक्तिगत कोडतर्फ टप–५ मा मुख्य व्यवसाय प्रबन्धक बन्धु कुमार निरौला प्रथम, व्यवसाय प्रबन्धक रुपा राना द्वितीय, सिता दाहाल तृतीय, रमेश श्रेष्ठ चौथो र खेम आचार्य पाँचौं हुनुभएको छ।

त्यस्तै, टिमसहितको व्यवसायतर्फ वरिष्ठ व्यवसाय प्रबन्धक एलिसा आले प्रथम, व्यवसाय प्रबन्धक भरत कडेल द्वितीय, मिलन ढुङ्गाना तृतीय, प्रकाश खनाल चौथो र गीता थापा पाँचौं हुनुभएको छ।

दमक शाखाबाट ‘नेशनल रत्न’ अवार्डतर्फ टेककुमारी राई, डा. धमेन्द्रकुमार शाह, कल्पना बोहोरा, पवित्रा लक्सम र शिशिर थेबे सम्मानित हुनुभएको छ। ‘नेशनल स्टार’ बाट सृजना खड्का तथा ‘नेशनल सुपर स्टार’ बाट शंकर चौधरीलाई सम्मान गरिएको थियो।

दमक शाखाअन्तर्गत व्यक्तिगत कोडतर्फ टप–५ मा मुख्य व्यवसाय प्रबन्धक शंकर चौधरी प्रथम, व्यवसाय प्रबन्धक केशब ढकाल द्वितीय, धनकुमार राई तृतीय, चुडामणी सेडाई चौथो र कल्पना बोहोरा पाँचौं हुनुभएको छ।

त्यस्तै, संजालसहित व्यवसायतर्फ टप–५ लिडरमा मुख्य व्यवसाय प्रबन्धक युवराज दंगाल प्रथम, टीका खरेल द्वितीय, गोपाल काफ्ले तृतीय, नारायणप्रसाद खरेल चौथो र अर्जुन खालिङ राई पाँचौं हुनुभएको छ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट व्यवसाय गरेको भन्दै सृजना खड्का, व्यवसाय प्रबन्धक डा. धमेन्द्र शाह, मुख्य व्यवसाय प्रबन्धक गोपाल काफ्ले र कल्पना बोहोरा भण्डारीलाई समेत पुरस्कृत गरिएको थियो।

उर्लाबारी शाखा प्रमुख मोहन कडेलको अध्यक्षता तथा कोशी प्रदेश प्रमुख नरेन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पथरी शाखा प्रमुख रवीन्द्र लिङदम, बिर्तामोड शाखा प्रमुख गंगाराम थापा, प्रशिक्षक वीपी रेग्मी, अभिकर्ता संघ दमक शाखाका अध्यक्ष नारायणप्रसाद भण्डारीलगायतको उपस्थिति थियो।

कार्यक्रममा दमक शाखाका मुख्य व्यवसाय प्रबन्धक युवराज दंगाल, उर्लाबारी शाखाका मुख्य व्यवसाय प्रबन्धक बन्धु कुमार निरौला, पथरी शाखा प्रमुख रवीन्द्र लिङदम, बिर्तामोड शाखा प्रमुख गंगाराम थापा तथा कोशी प्रदेश प्रमुख नरेन्द्र राईले आ–आफ्ना धारणा राख्नुभएको दमक शाखा प्रमुख सुमन थुलुङ राईले जानकारी दिनुभयो।

सोही अवसरमा उर्लाबारी शाखा प्रमुख कडेलले मासिक तथा वार्षिक प्याकेजका विषयमा जानकारी गराउनुभएको थियो भने प्रशिक्षक वीपी रेग्मीले अभिकर्ताहरूलाई प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य उर्लाबारी शाखा प्रमुख कडेलले दिनुभएको थियो भने दमक शाखा प्रमुख सुमन थुलुङ राईले सहजीकरण गर्नुभएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।