२०८३ मंसिर ६ शनिबार
२०८३ मंसिर ६ शनिबार

कमलमा जापानिज इन्सेफलाइटिस नियन्त्रणका लागि स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण, २४ जना सहभागी

कमल गाउँपालिकामा जापानिज इन्सेफलाइटिस (जे.ई.) रोगको नियन्त्रण, निवारण तथा उन्मूलनका लागि रोगसम्बन्धी सर्भिलेन्स तथा खोप अवस्थाको अनुगमन गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कमल गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय झापा र आड्रा नेपालको समन्वयमा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, प्रमुख प्रशासकीय अधिकृत सुमन यङ्या, स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दहाल, जनस्वास्थ्य निरीक्षक मेनका पौडेल, जनस्वास्थ्य अधिकृत प्रकृति दाहाल, अन्य कर्मचारीहरू तथा गाउँपालिकामा कार्यरत २४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जे.ई. रोग, यसको रोकथाम तथा नियन्त्रण, खोपको महत्त्व र खोपको अवस्थासम्बन्धी सहजीकरण स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दहालले गर्नुभएको थियो। त्यसैगरी, आड्रा नेपालका प्रदेश अधिकृत प्रवेश रिजाल र समीर भण्डारीले सर्भिलेन्ससम्बन्धी विषयवस्तुको प्रस्तुतीकरण तथा प्राविधिक सहजीकरण गर्नुभएको थियो।

अभिमुखीकरणपश्चात् महिला स्वास्थ्य स्वयंसेविकाहरूले आगामी मंसिर १५ गतेभित्र आफ्नो कार्यक्षेत्रका घरधुरीमा पुगेर सर्भिलेन्स गर्नेछन्। एक जना महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो टोलका करिब ९० घरधुरीमा पुगेर ५ वर्षमुनिका बालबालिकाको नियमित खोप पूरा भए/नभएको तथा ३० वर्षमाथिका नागरिकले जे.ई. खोप लगाए/नलगाएको अवस्थाबारे जानकारी संकलन गरी प्रतिवेदन पेश गर्नेछन्।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले रोगको रोकथाम र नियन्त्रणका लागि समुदायस्तरमा सचेतना तथा निगरानी अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरू स्वास्थ्य सेवाको पहुँच समुदायको घरदैलोसम्म पुर्‍याउने महत्त्वपूर्ण कडी भएको उल्लेख गर्दै सर्भिलेन्स कार्यलाई जिम्मेवारीपूर्वक, प्रभावकारी र समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो। साथै, खोपबाट कोही पनि लक्षित नागरिक तथा बालबालिका नछुटून् भन्ने उद्देश्यले सबै सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।

यस सर्भिलेन्सबाट खोप छुटेका बालबालिका तथा जे.ई. खोप नलगाएका लक्षित उमेर समूहका नागरिकको पहिचान गरी आवश्यक खोप सेवाको पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।