२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

झापा, दमक । दमक जेसीजले जेसीज सप्ताह २०२६ अन्तर्गत तेस्रो कार्यक्रमका रूपमा ‘पब्लिक लाइब्रेरी ह्यान्डओभर’ कार्यक्रम सम्पन्न गरेको छ।

दमक–७ स्थित किओच बाल अस्पताल परिसर तथा नेपाल विद्युत प्राधिकरणको ईभी चार्जिङ स्टेसनमा स्थापना गरिएको सार्वजनिक पुस्तकालय हस्तान्तरण कार्यक्रम दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

दमक जेसीज वर्ष २०२६ का अध्यक्ष राजेन्द्र विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका निवर्तमान सभापति प्रकाश बुढाथोकी र किओच बाल अस्पतालका मेडिकल अफिसर डा. जयमणी श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा दमक जेसीजका निवर्तमान अध्यक्ष सहदेव भट्टराई, पूर्व अध्यक्षहरू रामचन्द्र अधिकारी, मुकेश अग्रवाल, कमल कटुवाल, सन्तोष अधिकारी लगायत अस्पतालका चिकित्सक तथा अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा प्रमुख अतिथि गुरागाईले अस्पतालमा उपचारका लागि आउने बिरामी तथा कुरुवा र ईभी चार्जिङ स्टेसनमा सवारी चार्ज गर्न आउने यात्रुहरूको समयलाई उपयोगी बनाउन पुस्तकालय स्थापना गरिएको भन्दै दमक जेसीजको प्रशंसा गरे। उनले दमक उद्योग वाणिज्य संघको तर्फबाट पुस्तकालयका लागि केही थान पुस्तकसमेत हस्तान्तरण गरेका थिए।

विशिष्ट अतिथि प्रकाश बुढाथोकी तथा विशेष अतिथि डा. जयमणी श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस कार्यको प्रशंसा गर्दै दमक जेसीजलाई धन्यवाद व्यक्त गरे।

जेसीज सप्ताहका मूल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष साजन श्रेष्ठ र कार्यक्रम संयोजक उपाध्यक्ष लिला तिम्सिनाको संयोजनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कुमार गजुरेलले जेसीज आस्था पाठ वाचन गरेका थिए।

सार्वजनिक स्थानमा पुस्तकालय स्थापना गरी अध्ययन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको महासचिव रुबल अधिकारीले जानकारी दिए।

दमक जेसीजको आयोजनामा जेसीज सप्ताह २०२६ अन्तर्गतको पहिलो कार्यक्रम ‘Opening Ceremony & Public Speaking Training’ उर्लाबारीमा सम्पन्न भएको छ।
बुधबार उर्लाबारी–७ स्थित दि इस्टेर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट (D’EECOHM) को सभा हलमा आयोजित कार्यक्रम उर्लाबारी जेसीजका संस्थापक अध्यक्ष तथा जेसीआई सिनेटर विष्णु भक्त ओली (बिशम)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता दमक जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी राजेन्द्र विमलीले गर्नुभएको थियो।

कार्यक्रममा दमक जेसीजका निवर्तमान अध्यक्ष जेसी सहदेव भट्टराई, पूर्व अध्यक्ष तथा जेसीआई सिनेटर नेत्रप्रसाद चम्लागाईं, सिनेटर बद्री बराल, सिनेटर मैना दाहाल, उर्लाबारी जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी दीपक न्यौपाने लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा प्रमुख अतिथि सिनेटर विष्णु भक्त ओलीले जेसीज सप्ताह आयोजना गरेकोमा दमक जेसीजलाई शुभकामना तथा बधाई व्यक्त गर्नुभयो। उहाँले युवाको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वमा जेसीजले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो।

त्यसैगरी, कार्यक्रमका प्रशिक्षक जेसीआई सिनेटर नेत्रप्रसाद चम्लागाईंले कलेजका विद्यार्थीलाई सार्वजनिक वक्तृत्वकला तथा प्रभावकारी भाषणसम्बन्धी प्रशिक्षण दिनुभयो। प्रशिक्षणमा सार्वजनिक रूपमा आत्मविश्वासका साथ आफ्ना विचार प्रस्तुत गर्ने, प्रभावकारी सञ्चार गर्ने तथा नेतृत्व विकासका विषयमा विद्यार्थीलाई व्यावहारिक जानकारी दिइएको थियो।

जेसीज सप्ताहका मूल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष जेसी साजन श्रेष्ठको संयोजनमा सम्पन्न कार्यक्रमको संयोजन तालिम निर्देशक जेसी पंकज पोख्रेलले गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष जेसी कुमार गजुरेलले जेसीज आस्था पाठ वाचन गर्नुभएको थियो। दमक जेसीजले जेसीज सप्ताह २०२६ अन्तर्गत विभिन्न सामाजिक, नेतृत्व विकास तथा व्यक्तित्व विकाससँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। पहिलो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै जेसीज सप्ताहको औपचारिक सुरुवात गरिएको महासचिव जेसी रुबल अधिकारीले जानकारी दिनुभयो।

दमक । दमक–५ मा अवस्थित सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलले मध्य भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेको छ।

विद्यालय परिवारको तर्फबाट रु. १ लाख १ हजार १ सय ४५ राहत रकम जम्मा गर्ने निर्णय गरिएको हो। विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा व्यवस्थापन पक्षको सहभागितामा उक्त रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ।

विद्यालयमा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो। प्राकृतिक विपद्का कारण मध्य भोटेकोशी क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले विद्यालय परिवारको तर्फबाट राहत रकम उपलब्ध गराउने निर्णय गरिएको हो।

विद्यालयका प्रधानाध्यापक नवीन योगीले विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको बताए। विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको उनको भनाइ थियो।

उनले विद्यार्थीहरूमा सहयोग, सहकार्य र मानवीय सेवाको भावना विकास गर्न पनि यस्ता कार्यले महत्वपूर्ण भूमिका खेल्ने बताए।

सर्वोदयले शिक्षा प्रदान गर्ने आफ्नो जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै विपद्का समयमा आवश्यक सहयोग र सहकार्य गर्दै आएको जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।