२०८३ आश्विन ३ शनिबार
२०८३ आश्विन ३ शनिबार

कनकाई । सुरुङ्गा जेसीजको आयोजनामा जेसीज सप्ताह–२०२६ विधिवत रूपमा समापन भएको छ। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साताै तथा समापन कार्यक्रम दिन फेलाेशिप ईभिनिङ कार्यक्रम गरि सम्पन्न गरिएको हो।

सुरुङ्गा जेसीजकी अध्यक्ष मेनुका उप्रेती शिवाकोटीको अध्यक्षतामा भएको समापन कार्यक्रममा कनकाई नगरपालिकाका उप प्रमुख आशा शर्मा शिवाकोटीकाे प्रमुख आतिथ्यता रहेका थियाे।
कार्यक्रममा कार्यक्रम संयोजक प्रतापबाबु जमरकट्टेलले स्वागत मन्तव्य र सप्ताह संयाेजक ऋषभ सिंह चाहारले कार्यक्रम ओैचित्य माथि प्रकाश पार्दै सप्ताहमा गरेका कार्यक्रमहरुकाे बारेमा जानकारी दिएका थिए भने पूर्व अध्यक्षह कुमारमणि पोख्रेल , संस्थापक जन सम्पर्क अधिकारी लिलाराज झापाली र मार्नथ सदस्य श्याम कुमार पाैडेलले शुभकामना मन्तव्य राखेका थिए। महिला सयाेजक जेसी सारिका गिरीले जेसीज आस्था तथा उपाध्यक्ष जेसी अर्विट कडरियाले जेसीजको मिसन–भिजन वाचन गरेक थिए। कार्यक्रमको सञ्चालन कार्यकारिणी उपाध्यक्ष पुर्ण कुमार नेवार ले गरेका थिए।

सुरुङा जेसीज सप्ताहामा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता , युवाहरु लक्षित नेतृत्व विकास तालिम , अन्तर जेसिज हाजिरिजवाफ प्रतियोगिता , महिला नेतृत्व तथा उद्यमशिलता सम्बन्धि अन्तरक्रिया कार्यक्रम , लागू पद्वार्थ दुव्यशनी विरुद्व सचेतना कार्यक्रम , AI सम्बन्धि तालिम तथा अन्तिम कार्यक्रमका रुपमा जेसीज फेलाेशिप ईभिनिङ कार्यक्रम गरि विधिवत रुपमा सप्ताह समापन भएकाे महासचिव जेसी जेनिस चम्लागाईले जनाकारी दिए ।

समापनमा सभाध्यक्षकाे मन्तव्य राख्दै सुरुङ्गा जेसीजकी अध्यक्ष मेनुका उप्रेतीले सप्ताहलाई भव्य रुपमा समापन गर्न प्रत्यक्ष तथा परोक्ष रुपमा सहयाेग गर्नुहुने सुरुङ्गा जेसीजका पुर्व अध्यक्षज्युहरु , बाेर्ड पदाधिकारीज्युहरु , सदस्यज्युहरु , विभिन्न कार्यक्रममा प्रशिक्षक , वक्ता तथा सहभागीका रुपमा उपस्थित सम्पूर्णलाई आभार प्रकट गरेकी थिईन ।

झापाको दमक–३ स्थित मनकामना एकेडेमी इङ्ग्लिस स्कुलमा तेजस डेन्टल क्लिनिकको आयोजनामा एकदिने निःशुल्क दन्त तथा मुख स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा विद्यालयका विद्यार्थी तथा अभिभावक गरी करिब २५० जनाले सेवा लिएको तेजस डेन्टल क्लिनिककी दन्त चिकित्सक डा. श्रद्धा ढकालले जानकारी दिनुभयो। शिविरमा सहभागीहरूको दाँत तथा मुखसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो।
तेजस डेन्टल क्लिनिकका सञ्चालक कमल गैरेका अनुसार शिविरबाट सेवा लिएका विद्यार्थी तथा अभिभावकलाई क्लिनिकमा उपचार गराउँदा ३० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरिएको छ।

विद्यालयका प्रिन्सिपल नरेन्द्र अधिकारीले २०६७ सालमा स्थापना भएको मनकामना एकेडेमीमा हाल करिब २०० विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो। उहाँले विद्यालयमा यस्ता स्वास्थ्य शिविर तथा अतिरिक्त क्रियाकलापहरू नियमित रूपमा सञ्चालन हुँदै आएको जानकारी दिनुभयो।
दमकको बेलडाँगी रोडस्थित केडी कम्प्लेक्समा रहेको तेजस डेन्टल क्लिनिकले दाँत तथा मुखसम्बन्धी विभिन्न उपचार सेवा प्रदान गर्दै आएको छ। क्लिनिकमा दाँत भर्ने, दाँत निकाल्ने, आरसीटी (रुट क्यानल उपचार), बालबालिकाको दन्त उपचारलगायतका सेवाहरू उपलब्ध रहेको क्लिनिकले जनाएको छ।

उद्यम विकास वचत तथा ऋण सहकारी संस्थाले आज दमकमा १८औं वार्षिक साधारणसभा तथा माइन्यूट प्रमाणीकरण सम्पन्न गरेको छ ।

दमकस्थित मारवाडी सेवा सदनमा शुक्रबार आयोजित उद्यम विकास सहकारी संस्थाले वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८२।०८३ को वासलातसहित वार्षिक नीति, कार्यक्रम र बजेट र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुका साथै माइन्यूट प्रमाणीकरण गरिएको थियो ।

त्यस्तैं, वार्षिक साधारणसभाको उद्घाटन समारोहमा संस्थाले वित्तिय कारोबारतर्फ शेयर सदस्यहरुलाई प्रोत्साहन गर्ने उदेश्यसहित शेयर सदस्यलाई लक्षित गर्दै बाल बचतकर्ता सम्मान, जेष्ठ आमाबुबा सम्मान, एकल महिला सम्मान र सञ्चालक समिति, उपसमिति र कर्मचारीलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा दैनिक वचततर्फ नबीनकुमारम साह, राजकुमार राई, दिलबहादुर राना, अस्मिता तामाङ र मेघनाथ न्यौपाने छन् । कर्जातर्फ कल्पना महत्व लिम्बू, वेदमाया न्यौपाने, वरुण राजवंशी र अमिशा राई छन् ।

एक वर्षे वचततर्फ रोहित लाल माझी, अनिशा कार्की र उर्मिला कटुवाल छन् । मासिक वचततर्फ रिता चापागाई, राजेन्द्र कुमार ताजपुरिया र रमिला ठकुरी छन् । नियमित वचततर्फ सुनिल वस्नेत र मेघबहादुर मगर छन् ।

त्यस्तैं, वाल वचततर्फ प्रेशिका खड्का, तेजस अधिकारी, स्वेता वराल, सेजल सुनार र शालिन श्रेष्ठ छन् । जेष्ठ सदस्य सम्मानतर्फ कुमारी चौधरी, गौरीकान्त पोख्रेल, नारायणी गड्तौला, लिलादेवी पोख्रेल, राजेन्द्र प्रसाद संग्रौला, सितादेवी राई र टंकमाया सापकोटा छन् ।एकल महिला सदस्यतर्फ उमादेवी तिवारीलाई उद्यम विकास वचत तथा ऋण सहकारी संस्थाले १८औं वार्षिक साधारणसभामा सम्मान गरिएको हो ।

त्यस्तैं, उत्कृष्ट कर्मचारीतर्फ बजार प्रतिनिनिद्धय रेनुका दाहाल र अनिता खतिवडालाई नगदसहित सम्मान गरिएको थियो ।

सञ्चालक समितिबाट कारोबारको तर्फबाट उत्कृष्ट सञ्चालक सदस्य केशवकुमार भट्टराई र उत्कृष्ट उपसमितिबाट गोरादह सेवा केन्द्रकी सदस्य मैना दाहाल राउतलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

दमक–६ मा रहेको उद्यम विकास वचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष वीरेन्द्र पोख्रेलको अध्यक्षतामा र संस्थाकी पूर्वअध्यक्ष चन्द्रकुमारी खड्का भटट्राईको प्रमुख आतिथ्यतामा १८औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।संस्थामा हाल शेयर सदस्य संख्या १ हजार ८ सय ४४ जना छन् । संस्थाको शेयर पूँजी रु १,७५,४६११०,०० छ ।

त्यस्तैं, निक्षेपतर्फ रु ९,५६,१०,९९९,५४ छ भने ऋण लगानी रु ११,१५,९८,६०७,९८ छ । यसवर्ष संस्थाले रु ३,५२,३६,४३४,०० ऋण असुली गर्न सफल भएको छ ।

यस आर्थिक वर्षमा संस्थाले रु १,६४,४७,३४०,१९ कल आय गरेको छ भने रु १५,८७९,२५१,१० खर्च (व्यय) देखाएको छ भने कुल वचत रु ५,६७,०८९,०९ गरेको प्रतिवेदनमा उल्लेख छ ।

उद्यम विकास सहकारी संस्थाले गौरादहमा सेवा केन्द्र स्थापना गरेर वित्तिय गतिविधिहरु गर्दै आइरहेको छ । संस्थाले गौरादहमा भदौं २० गते मंगलबार इकाईगत वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।

सो अवसरमा दमक–१० का वडाध्यक्ष राजेन्द्र भण्डारी, उद्यम विकास वचत तथा ऋण सहकारी संस्था लेखा सुपरिवेक्षण समितिका संयोजक सुरेन्द्र कटुवाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक–९ चिया दोकान चोकमा अवस्थित समता कृर्षि सहकारी ंसस्थाका अध्यक्ष परशुराम रिजालले शुभकामना मन्तव्य राखेका सञ्चालक समिति सदस्य जीतबहादुर (जीतु) धिमालले जानकारी दिए ।

सो समारोहमा सञ्चालक समितिका उपाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सचिव दीपा अधिकारीले सञ्चालन गरेका थिइन् ।

दमकमा सञ्चालित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले १७ औं बार्षिक साधारण सभा अन्तर्गतका कार्यक्रमहरु शुक्रबारदेखि शुरु गरेको छ । संस्थाको आफ्नै सभाहलमा आयोजित कार्यक्रमबीच झापा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमकुमार कोइरालाले साधारण सभाको उदघाटन गरे ।

अध्यक्ष कोइरालाले झापाका सहकारी संस्थाहरु मध्ये कारोबारका आधारमा सूर्यदर्शन सहकारी जिल्लाकै पाँचौं ठुलो सहकारी संस्थाका रुपमा रहेको उल्लेख गरे । उनले शेयर सदस्यहरुले संस्थाका सम्पूर्ण कार्यक्रमहरुको समीक्षा र भावी योजनाहरुको तर्जुमा गर्ने थलोनै साधारण सभा भएकाले यसलाई महत्वसाथ लिएर अधिकतम उपयोग गर्न सुझाव दिए ।

सूर्यदर्शन सहकारीका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षतामा भएको साधारण सभाको उदघाटनको अवसर पारेर संस्थाको स्थापनाकालदेखि नै कार्यरत हालै मात्रै अवकाश प्राप्त कर्मचारी गोपाल पौडेललाई नगद र सम्मान पत्रबाट सम्मान गरिएको थियो । त्यस्तै संस्थाले आर्थिक बर्ष २०८२/०८३ को सर्वोत्कृष्ट कर्मचारीका रुपमा मेषराज आचार्यलाई सम्मान गरिएको छ ।

त्यसैगरी संस्थाले गत आर्थिक बर्षमा कार्यालय खुलेका सबै दिन नियमित रुपमा हाजिर भइ अनुशासित र कर्तव्यनिष्ट भएर आफ्नो आफ्नो जिम्मेवारी पुरा गर्ने आठ जना कर्मचारीलाई पनि नगद पुरस्कारसहित सम्मान गरेको छ । संस्थाका कर्मचारीहरुलाई अध्यक्ष सापकोटा, प्रमुख अतिथी कोइरालासहित अतिथीहरुले सम्मान गरेका छन् । सो अवसरमा अध्यक्ष सापकोटा र लेखा समिति संयोजक डिल्लीराम मुखियाले संस्थाको बार्षिक लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका छन् ।

साधारण सभा उदघाटनमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष टिकाराज सापकोटाले २०८३ को असार मसान्त सम्ममा संस्थाले झण्डै डेढ अर्ब रुपैयाँ लगानी गरेको जानकारी दिए । प्रतिवेदनमा जनाइए अनुसार असार मसान्त सम्ममा कूल १ अर्ब ४६ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी रहेको छ ।
कर्जाको ब्याजदर समय सापेक्ष परिवर्तन गरिएको, लगानी पूर्व गरिने अध्ययन ५ सी विश्लेषण तथा ऋण सदुपयोगितालाई प्रभावकारी बनाई उत्पादनशील क्षेत्रमा प्रति शेयर सदस्य बढीमा १ करोड रुपैयाँ सम्म लगानी गर्ने नीति अवलम्बन गरिएको पनि उल्लेख छ । संस्थामा बाह्य कर्जा तथा सापटी करीब १० करोड रुपैयाँ रहेको र चालू आर्थिक बर्षको अन्त्य सम्ममा सबै बाह्य कर्जा कम गर्दै लगिने नीति पनि अवलम्बन गरिएको अध्यक्ष सापकोटाद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले कर्जा असुलीका क्रममा आफ्नो नाममा कायम गरिएका गैर बैकिङ सम्पत्ती (धितो) विक्रीका लागि प्रकृया अघि बढाउने प्रस्ताव पनि अघि सारेको छ ।

संस्थाको चुक्ता शेयर पुँजी गत असार मसान्त सम्ममा १२ करोड ३३ लाख २५ हजार रुपैयाँ पुगेको छ । संस्थाले नयाँ शेयर सदस्यलाई न्यूनतम १० हजार शेयर खरिद गर्न र पुराना शेयर सदस्यलाई शेयर थप गर्न प्रोत्साहन गरिने नीति संस्थाले लिएको छ । त्यस्तै संस्थाको साधारण जगेडा कोषमा ११ करोड ४७ लाख ६९ हजार रुपैयाँ र अन्य कोषहरु तर्फ ८४ लाख ९९ हजार रुपैयाँसहित १२ करोड ३२ लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।