२०८३ आश्विन २६ सोमबार
२०८३ आश्विन २६ सोमबार

दमक नगर ईसाई समाजको ३०ओैँ स्थापना दिवस तथा तेस्रो अधिवेशनले अध्यक्षमा पुनःपास्टर हेमन्त सुब्बालाई सर्बसम्मत चयन गरेको छ ।
आज (आइतबार) दमक-५ स्थित ज्योति चर्चमा सम्पन्न इसाई समाजको तेस्रो अधिबेशनले पास्टर सुब्बालाई दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्बसम्मत चयन गरेको हो ।

सुब्बाको अध्यक्षतामा गठन भएको दमक नगर इसाई समाजमा ९ जना कार्यसमिति रहेको छ् ।
अध्यक्ष हेमन्त सुब्बाको अध्यक्षता र नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा ३० औं स्थापना दिवस र तेस्रो अधिबेशन भएको हो ।
अधिबेशनलाई सहजताका साथ सम्पन्न गर्ने दमक नगर इसाई समाजका पुर्ब अध्यक्ष पा.किशोर सुनुवारको सम्योजकत्वमा निर्वाचन समिति गठन गरिएको थियोे ।

उद्घाटन समारोहमा समाजका पुर्ब अध्यक्ष तथा अन्तर धार्मिक शान्ति सन्जाल झापाका अध्यक्ष पा.राजकुमार नाछिरिङ राई, निबर्तमान अध्यक्ष एबम सल्लाहकार पा.आकाश थुलुङ राई, दमकका इसाई अगुवा रेभ एन.डी थुलुङ राई, आदनको बगैंचाका अध्यक्ष पा.मुक्ति किराँती राई, पुर्ब अध्यक्ष पा.दावा शेर्पा, दिदीबहिनी समुहकी अध्यक्ष पारु खापुङ राई, युबा सङतीका अध्यक्ष सुरज लिम्बु सहित दमकका विभिन्न वार्डबाट चर्चहरुका पास्टर तथा प्रतिनिधिहरुको उत्साहजनक उपस्तिथि थियोे ।

समारोहमा कोषाध्यक्ष हरि राईले आर्थिक बर्ष ३०८२/०८३ को आयब्यय प्रस्तुत गरेका थिए । त्यस्तै, समाजको प्रगति विवरण अध्यक्ष पा.हेमन्त सुब्बाले प्रस्तुत गरेका थिए ।
समाजको आर्थिक पक्षलाई समेटेर तयार पारिएको आय-ब्ययमाथि लेखा सुपरिवेक्षण समितिका सम्योजक पा.मन बहादुर आङदम्बेले सुझाव प्रस्तु्त गरेका सचिव पा.अजय पाठकले जानकारी दिए ।

दमक । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल, शाखा समिति दमक–१० को सातौँ वार्षिक साधारणसभा तथा ज्येष्ठ बुवा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कुशे औँसीको अवसर पारेर आयोजित कार्यक्रममा वडाभित्रका ८० वर्षभन्दा माथिका ज्येष्ठ बुबाहरूलाई नगदसहित सम्मान गरिएको हो।

शाखा समिति दमक–१० का उपाध्यक्ष पुण्यप्रसाद दाहालको अध्यक्षता तथा दमक–१० का वडाध्यक्ष राजेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै वडा सदस्य भूमिका आचार्यको समेत आतिथ्यता रहेको थियो।

प्रतिष्ठानका अनुसार दमक–१० मा ८० वर्षभन्दा माथिका ५३ जना ज्येष्ठ बुबाहरू रहेकामा कार्यक्रममा २६ जना उपस्थित हुनुभएको थियो। उपस्थित ज्येष्ठ बुबाहरूलाई नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी हुन नसक्नुभएका बाँकी ज्येष्ठ बुबाहरूलाई भने घरमै पुगेर सम्मान गरिने शाखा समितिले जानकारी दिएको छ। कार्यक्रमका वक्ताहरूले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र अनुभवको कदर गर्दै उनीहरूको योगदानलाई समाजले सधैं स्मरण गर्नुपर्नेमा जोड दिएका थिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।