
दमक । आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापामा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ। झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा दमकस्थित नमुना ब्याडमिन्टन हलमा प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगिताबाट तौल समूह र पेटर्न विधातर्फ महिला तथा पुरुष खेलाडीहरू छनोट भएका छन्। कार्यक्रमको उद्घाटन दमक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भीमप्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रमको अध्यक्षता नवीन तामाङले गरेका थिए।
महिलातर्फ ४०–४५ केजीमा प्रश्ना बेगा, ४५–५० केजीमा सरस्वती आले मगर, ५०–५५ केजीमा रिया लिम्बू, ५५–६० केजीमा हिमांशु थापा मगर, ६०–६५ केजीमा मिस्सी सुब्बा, ६५–७० केजीमा दीक्षा आचार्य र ७० केजीभन्दा माथि सिर्जना राई छनोट भएका छन्।
महिला पेटर्न विधातर्फ स्मारिका श्रेष्ठ (ब्लु बेल्ट), दिलसा राई (रेड बेल्ट), वन्दना श्रेष्ठ (कालो पेटी, पहिलो डान), दीक्षा तामाङ (कालो पेटी, दोस्रो डान) र रेश्मा सावा लिम्बू (कालो पेटी, तेस्रो डान) छनोट भएका छन्।
त्यसैगरी, पुरुषतर्फ ४५–५० केजीमा असल श्रेष्ठ, ५०–५५ केजीमा गगन श्रेष्ठ, ५५–६० केजीमा दीपक खड्का, ६०–६५ केजीमा मिसन श्रेष्ठ, ६५–७० केजीमा प्रीतम धिमाल, ७०–७५ केजीमा विक्रम श्रेष्ठ, ७५–८० केजीमा सक्सेस राई, ८०–८५ केजीमा रोशन मगर र ८५ केजीभन्दा माथिको समूहमा श्याम राई छनोट भएका छन्।
पुरुष पेटर्न विधातर्फ मिलन धामी (ब्लु बेल्ट), रोशन श्रेष्ठ (रातो बेल्ट), रोजेस श्रेष्ठ (कालो पेटी, पहिलो डान), अभिषेक राई (कालो पेटी, दोस्रो डान) र रोहन पौदार (कालो पेटी, तेस्रो डान) छनोट भएका छन्।
जिल्लास्तरीय छनोट प्रतियोगिताबाट छानिएका खेलाडीहरूले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने लक्ष्यसहित आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर पाउनेछन्।





