२०८३ मंसिर ९ मंगलवार
२०८३ मंसिर ९ मंगलवार

कमल। पहिलो पाइला नेपाल कमल शाखाको आयोजनामा संस्थाका सदस्य बादल भट्टराई गौतमले आफ्नो जन्मदिनको अवसर पारेर कमल गाउँपालिका–स्थित गुहाबारीको वाणी माध्यमिक विद्यालयका विद्यार्थीलाई ‘भाग्य बोक्ने झोला’सहित शैक्षिक सामग्री वितरण गरेका छन्।

जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई झोला तथा आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो।

कमल गाउँपालिका–६ का वडाध्यक्ष नरेन्द्र भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, सचिव पूजा दाहाल, कमल शाखाकी अध्यक्ष सञ्जु निरौलालगायत संस्थाका पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोडेर विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुर्‍याउने कार्य प्रशंसनीय रहेको बताएका थिए।

पहिलो पाइला नेपालले शिक्षा, स्वास्थ्य तथा विपन्न समुदायको सहयोगका क्षेत्रमा विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।