२०८३ मंसिर ११ बिहीबार
२०८३ मंसिर ११ बिहीबार

दमक। झापाको दमक नगरपालिका–६ स्थित एचके फर्निचर एन्ड फिनिसिङले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहार योजनाको चिठ्ठा कार्यक्रम बुधबार सम्पन्न गरेको छ।
कार्यक्रमबाट पहिलो पुरस्कार AC मोरङको उर्लाबारी नगरपालिका–७ की निनाम्मा राईले जित्न सफल भएकी छन्। त्यसैगरी दोस्रो पुरस्कार वासिङ मेसिन रतुवामाई नगरपालिका–६, सौठा बजारका काजी खड्काले र तेस्रो पुरस्कार फ्रिज दमक–३ की रत्ना लुइँटेलले जितेकी छन्।
एचके फर्निचर एन्ड फिनिसिङका सञ्चालक हरि पौडेलका अनुसार योजनाअन्तर्गत करिब १ लाख ६० हजार रुपैयाँ बराबरका पुरस्कार वितरण गरिएको छ। यस्ता कार्यक्रमले ग्राहकलाई खुसी साट्ने अवसर प्रदान गर्नुका साथै दशैँ, तिहार र छठ पर्वको उत्साह थप्ने उहाँले बताउनुभयो।
रु. १० हजारभन्दा माथिको सामान खरिद गर्ने ग्राहकहरूमध्येबाट विजेता छनोट गर्न चिठ्ठा उद्घाटन तथा पुरस्कार छनोट कार्यक्रम आयोजना गरिएको थियो।

एचके फर्निचर एन्ड फिनिसिङमा विभिन्न प्रकारका फर्निचर तथा घरायसी सजावटका सामग्रीहरू सरल र सुपथ मूल्यमा उपलब्ध रहेको सञ्चालक पौडेलले जानकारी दिनुभयो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।