Author: Multi Media

  • झिलझिले भेट्रानको शानदार जीत, सेमिफाइनलमा प्रवेश

    झिलझिले भेट्रानको शानदार जीत, सेमिफाइनलमा प्रवेश

    झिलझिले, २७ असोज–झापाको झिलझिलेमा आइतबारबाट सुरु भएको पवन चाम्लिङ राई स्मृति कोशी प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा आयोजक झिलझिले भेट्रान फुटबल क्लबले रोमाञ्चक जीत हात पारेको छ । जीतसंगै झिलझिले भेट्रान फुटबल क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    आमन्त्रित पाहुना टोली डीएफसी भेट्रान फुटबल क्लब भारतलाई ० को बिरुद्ध ७ गोलको फराकिलो अन्तरले झिलझिले भेट्रान फुटबल क्लबले प्रतियोगितामा उत्कृष्ट जीत दर्ता गरेको हो ।

    पूर्व खेलाडी पवन चाम्लिङ राईको स्मृति झिलझिले भेट्रान फुटबल क्लबले आयोजना गरेको तेस्रो संस्करणको प्रदेश स्तरीय नकआउट भेट्रान फुटबल प्रतियोगिता सञ्चालन गरेको हो ।

    झिलझिलेका कृष्ण शाक्यले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरे भने झिलझिले भेट्रान फुटबल क्लबका कप्तान जसु राईले ३ गोल गर्दै टोलीलाई सहज जित दिलाए । शाक्य म्यान अफ द म्याच घोषित भए ।

    क्लबका अध्यक्ष बमबहादुर राईको अध्यक्ष्तामा प्रतियोगिताका उत्कष्ट खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो । सो प्रतियोगिताका बिजेता क्लबले नगद १ लाख १ हजार १ सय ११ रुपैया र उपबिजेता क्लबले नगद ५१ हजार १ सय ११ रुँपैयासहित शिल्ड, ट्रफि, मेडल वितरण गरिने आयोजक समितिका खेल संयोजक जसु राईले जानकारी दिए ।

    भोली (मंगलबार को खेल झिलझिलेस्थित खेल मैदानमा हुने छ । मंगलबार दुई खेल हुने छ । पहिलो खेल दुधे भेट्रान फुटबल क्लब र ढल्क्यो जोवन भेट्रान फुटबल क्लबबीच हुने छ भने दोस्रो खेल आयोजक झिलझिले भेट्रान फुटबल क्लब र रामधुनी भेट्रनज फुठकल क्लबबीच भिडन्त हुने भएको छ ।

  • समुदायमै मधुमेह र उच्च रक्तचाप नियन्त्रणका लागि सेवा विस्तार

    समुदायमै मधुमेह र उच्च रक्तचाप नियन्त्रणका लागि सेवा विस्तार

    असाेज २७, कमल / कमल गाउँपालिका–२ मा सञ्चालन भइरहेको समुदायमा आधारित मधुमेह तथा उच्च रक्तचाप व्यवस्थापन कार्यक्रम अन्तर्गत **राष्ट्रीय महिला स्वास्थ्य स्वयंसेविका चन्द्रकला ढकाल र उषा गौतम दाहालज्यु ले समुदायको घरदैलोमा पुगेर स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आउनु भएको छ ।

     

    उक्त कार्यक्रममा स्वयंसेविकाहरूले रक्तचाप र सुगर परीक्षण, नियमित औषधि सेवनको सल्लाह, खानपान तथा जीवनशैली सुधार सम्बन्धी परामर्श प्रदान गरिरहेका छन् । कार्यक्रमले समुदायस्तरमै रोगको पहिचान र व्यवस्थापन गर्न सघाउ पु‍र्‍याइरहेको छ

  • परदेशीका भरोसा बनेका चितवनका बिबेक तिमल्सिना

    परदेशीका भरोसा बनेका चितवनका बिबेक तिमल्सिना

    असाेज २७, चितवन / चितवनका बिबेक तिमल्सिना सामाजिक सेवामा जीवन समर्पण गर्ने ती युवामध्ये एक हुन्, जसले सेवा र मानवियता लाई शब्दमा होइन, कर्ममा उतार्दै आएका छन्।
    कहिले उनी वृद्धाश्रम पुगेर अवेलामा एक्लिएका आमाबुबालाई माया र सम्मानले अँगालो हालिरहेका हुन्छन्, त कहिले दुबईमा दलालले फसाएका नेपाली कामदारहरूलाई खोज्दै आवास, कानुनी सहायता र आवश्यक परे नेपाल फर्काउने काममा व्यस्त रहन्छन्।
    परदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार र सहयोगमा सक्रिय तिमल्सिनाको भनाइ छ — “परदेशमा अलपत्र परेका ती नेपालीहरू मेरा लागि अपरिचित होइनन्, उनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी हुन्।”
    मानवियताको यो गहिरो भावना नै तिमल्सिनाको प्रेरणाको स्रोत बनेको छ। कुनै पद, पुरस्कार वा प्रचारको अपेक्षा बिना निरन्तर सेवामा समर्पित उनी आज हजारौं बिथोलिएका नेपालीहरूको आशा, आवाज र भरोसा बनेका छन्।
    उनको यो सामाजिक प्रतिबद्धता र निस्वार्थ सेवाभावले बिबेक तिमल्सिनालाई चितवनको सीमाभन्दा टाढा, देश–देशान्तरमा समेत परिचित नाम बनाइदिएको छ।

  • झिलझिलेमा स्वर्गीय पवन राई स्मृति भेट्रान फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा पूर्वेली भेट्रान विजयी

    झिलझिलेमा स्वर्गीय पवन राई स्मृति भेट्रान फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा पूर्वेली भेट्रान विजयी

    झिलझिले, २६ असोज–झापाको झिलझिलेमा आइतबारदेखि प्रदेश स्तरीय तेस्रो संस्करणको स्वर्गीय पवन राई स्मृति भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ । झिलझिले भेट्रान फुटबल क्लबले गणेशमान अध्ययन प्राविधिक प्रतिष्ठानको खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा पूर्वेली भेट्रान फूटबल क्लब बिर्तामोड बिजयी भएको छ । उसले मोरङको उर्लाबारीस्थित एभरेष्ट भेट्रान फुटबल क्लबलाई १ विरुद्ध ३ गोलले विजयी यात्रा सुरु गरेको हो ।
    प्रतियोगितामा बिजेता क्लबले नगद १ लाख एक हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तैं, उपबिजेताले नगद ५१ हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाँउने प्रतियोगिता आयोजक संस्थाका खेल संयोजक जसु राईले जानकारी दिए ।
    आयोजक संस्था झिलझिले भेट्रान फुटबल क्लबका अध्यक्ष बमबहादुर राईको अध्यक्षतामा र विघठन प्रतिनिधिसभाका सांसद लालप्रसाद (एलपी साँवा) लिम्बूको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो । क्लबले झिलझिलेमा यसअघि स्वर्गीय नबीन राई स्मृति प्रदेश स्तरीय भेट्रान फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो ।
    क्लबका संस्थापक राम भेटुवालले शिबसताक्षीमा भेट्रान खेलाडीहरुबीच आत्मीयता साटासाटसहित स्वास्थ्य जीवन र खेलकुदको विकासका लागि फुटबल प्रतियोगिता आयोजना गरिएको बताए । भेटुवालले स्वर्गीय पवन राई खेलकुदको क्षेत्रमा पुर्र्याउनुभएको योगदान कदर गर्नुपर्नेमा जोड दिए । सो क्रममा पवन राई को थिए ? पवन राईलाई किन स्मरण गर्नुपर्ने विषयमा बोलेका थिए ।
    सो कार्यक्रममा शिबसताक्षी नगर प्रमुख मेघाहाङ थोप्रा, शिबसताक्षी–११ का वडाध्यक्ष बहादुुर आङ्बो, गणेशमान अध्ययन प्राविधिक प्रतिष्ठानका अध्यक्ष सन्तोषकुमार मेन्याङ्बो, शिबसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राई, शिबसताक्षी भेट्रान फुटबल क्लबका अध्यक्ष लीलाबहादुर जोशी, किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरिसकंर सिलवाल, स्वर्गीय पवन राईकी श्रीमति, छोरी, पवनका दाजु इन्द्र लगायत स्थानीय खेलप्रेमीहरुको उपस्थिति थियो ।
    पाहुना टोली भारतको एक टिमसहित १० टिमको सहभागिता रहने भएको छ । यसैगरी भोली (सोमबार) को प्रतियोगितामा झिलझिले भेट्रान पुटबल क्लब र डिएफसी भेट्रान फुटबल क्लबबीच हुने भएको छ ।

  • टी–२० विश्वकप छनोटमा यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जीत

    टी–२० विश्वकप छनोटमा यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जीत

    दमक, २६ असोज / आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गत यूएईसँगको खेलमा नेपालले १ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

    नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेले पनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।

    आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए ।

    सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको भए पनि त्यसपछि रन गति सुस्त हुँदा नेपालले स्कोरलाई डबल पनि गर्न सकेन ।

    यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले ११ विकेट लिए ।

  • ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता विराटनगरमा सुरु, पहिलो दिन मोरंग र सुनसरी विजयी

    ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता विराटनगरमा सुरु, पहिलो दिन मोरंग र सुनसरी विजयी

    असोज २६ , काठमाडौँ / बिराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको DREAM TO PLAY प्रतियोगिता हिजोबाट सुरु भएको छ। मेची बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न पहिलो दिनका खेलहरूमा सुनसरी र मोरंगले विजयी सुरुवात गर्दै दुई दुई अंक जोडेका छन्।

     

    प्रतियोगिताको उद्घाटन खेलमा मोरंगले उदयपुरलाई ५६ रनले पराजित गरेको थियो। पहिलो ब्याटिंग गर्न उत्रिएको मोरंगले ओपनर अनिश राजबंशीको ३२ रनको मद्धतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९२ रन बनायो। ९३ रनको लक्ष्य पछ्याउने क्रममा उदयपुर केवल १४ ओभरमा ३६ रनको न्यून योगफलमा समेटियो। खेलमा पाँच विकेट प्राप्त गरेका उदयपुरका सुयोग कार्की प्लेयर अफ द म्याच चुनिएका थिए।

     

    त्यस्तै, दिनको दोस्रो खेलमा सुनसरीले इलामलाई ३७ रनले पराजित गर्यो। प्लेयर अफ द म्याच समेत चुनिएका ओपनर आकाश सर्राफको ३१ बलमा ४५ रनको विष्फोटक पारी र अन्तिममा समिर तिम्सिनाले जोडेको ३१ रनको मद्धतले सुनसरीले निर्धारित २० ओभरमा ११८ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिंगमा उत्रिएको इलामले २० ओभरमा केवल ८१ रन मात्र जोड्न सक्यो।

     

    कोशी प्रदेशका झापा, मोरंग, सुनसरी, उदयपुर र इलाम गरी पाँच जिल्लाका अण्डर-२३ टिमहरूले एक आपसमा प्रतिष्पर्धा गर्ने यस क्रिकेट प्रतियोगिता मार्फत् उदयीमान खेलाडीहरूलाई उत्कृष्ट खेलकौशल प्रदर्शन गर्ने र आफ्नो क्रिकेट सपनालाई साकार बनाउने प्लेटफर्म मिल्ने आयोजकको विश्वास छ। प्रतियोगितामा उच्च प्रदर्शन गर्ने युवा खेलाडीहरूले बिराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा स्थान पक्का गर्ने छन् भने उनीहरूले टिमसँगै अभ्यासमा सहभागी हुने, कौशलको विकास गर्ने र व्यवसायिक खेल जीवन अगाडी बढाउने विभिन्न अवसरहरू प्राप्त गर्ने छन्। योसँगै, डेभलपमेन्ट स्क्वाडमा छानिएका मध्ये एकजना खेलाडीले आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगर किंग्सको मुख्य स्क्वाडमा स्थान बनाउने विशेष अवसर प्राप्त गर्ने छन्।

  • दमकमा प्रहरी महानिरीक्षक खापुङको स्थलगत निरीक्षण

    दमकमा प्रहरी महानिरीक्षक खापुङको स्थलगत निरीक्षण

    झापा, असोज २६ – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले झापाको दमकस्थित इलाका प्रहरी कार्यालयको क्षतिग्रस्त संरचनाको स्थलगत निरीक्षण गर्नुभएको छ।

     

    जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त भएका प्रहरी कार्यालयका संरचनाहरूको पुनर्निर्माण अवस्थाबारे जानकारी लिँदै उहाँले नागरिकस्तरबाट भइरहेको सहयोग र पुनर्निर्माण कार्यको प्रशंसा गर्नुभयो।

     

    महानिरीक्षक खापुङले सो अवसरमा मातहतका सुरक्षा इकाइका प्रमुख र प्रतिनिधिहरूलाई आवश्यक निर्देशन दिँदै, नागरिक सेवामा समर्पित भएर काम गर्न प्रेरणा र आग्रह गर्नुभएको थियो।

     

    निरीक्षण टोलीमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी इश्वर कार्की पनि सहभागी हुनुहुन्थ्यो।

     

    प्रहरीका उच्च अधिकारीहरूले त्यहाँ जनप्रतिनिधि, सामाजिक संघ–संस्था र समुदायका प्रतिनिधिहरूसँग पनि शान्ति–सुरक्षाको अवस्था र नागरिक–प्रहरी सहकार्यका विषयमा संवाद गरेका छन्, इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।