Author: Multi Media

  • संविधान दिवसको कोणसभामा रोमनाथ ओलीद्वारा बालेन शाह र रास्वपामाथि घुसपैठ र उक्साहटको आरोप, निष्पक्ष छानबिनको माग

    संविधान दिवसको कोणसभामा रोमनाथ ओलीद्वारा बालेन शाह र रास्वपामाथि घुसपैठ र उक्साहटको आरोप, निष्पक्ष छानबिनको माग

    असाेज ३, दमक  – संविधान दिवस २०८२को अवसरमा नेकपा एमाले दमक नगर कमिटीको आयोजनामा दमक नगरपालिका वडा नं. ५ पूर्वाञ्चल बेकरी अगाडि कोणसभा सम्पन्न भएको छ। कार्यक्रममा करिब १५० जना सहभागी थिए।

    प्रमुख अतिथि ओलीले आफ्नो सम्बोधनमा हालैको जेन्जी आन्दोलनमा अन्यको लैलैमा लागेर संविधान खारेज गर्ने गतिविधि भए नेपालमा रक्तपातको खतरा हुने चेतावनी दिएका छन्। उनले काठमाडौंमा भइरहेको आन्दोलनका क्रममा मेयर बालेन शाहको भूमिकामाथि प्रश्न उठाउँदै रास्वपाले खुलेआम जनतालाई उक्स्याएको आरोप लगाए।

    ओलीले भारतसँगको सम्बन्धमा ‘६० हजारमै मोटरसाइकल किन्न सकिने’ भन्ने बहानामा घुसपैठ भएको दाबी गर्दै यसको छानबिन आवश्यक रहेको बताए। साथै, शान्तिपूर्ण आन्दोलनका बीच एम्बुलेन्सभित्र लुकेर गोली चलाइएको घटनाको निस्पक्ष छानबिनका लागि एमाले तयार रहेको समेत स्पष्ट पारे।

    यस कोणसभामा संविधानको रक्षा, राजनीतिक स्थायित्व र जनताको अधिकार सुनिश्चित गर्न सबै दललाई गम्भीर बन्न आग्रह गरिएको थियो।

  • गाैरादह–७ ग्वालडुब्बामा संविधान दिवसमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

    गाैरादह–७ ग्वालडुब्बामा संविधान दिवसमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

    असाेज, ३ गाैरादह, झापा – संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा पहिलो पाईला नेपाल गाैरादह शाखाको आयोजना र वडा कार्यालय ग्वालडुब्बाको सहकार्यमा ग्वालडुब्बा बजारमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रमको संयोजन संस्थाकी सदस्य यमुना खत्रीले गरेकी थिइन् भने अध्यक्षता संस्थाका अध्यक्ष भुपेन्द्र निरौलाले गरेका थिए। कार्यक्रममा गाैरादह नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बलराम खरेल प्रमुख अतिथि रहनु भएको थियो।

    Oplus_131072

    प्रमुख अतिथि खरेलले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै संविधानको महत्वलाई स्पष्ट पारेका थिए। कार्यक्रमको स्वागत मन्तव्य संयोजक यमुना खत्रीले राखेकी थिइन् भने वडा सचिव ओमनाथ तिवारीले शुभकामना मन्तव्य दिनु भएको थियो।

    दीप प्रज्वलन कार्यक्रम वडा कार्यालय परिसर र बजार क्षेत्रमा गरिएको थियो। कार्यक्रममा संस्थाका द्वितीय उपाध्यक्ष बाबुराम अधिकारी, सचिव प्रदिप धमला, सदस्यहरू भुवन कटुवाल, लीला अधिकारी, गंगा ताजपुरिया, समाजसेवी भरत निरौला, स्थानीय व्यापारी, शिक्षक लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रदिप धमलाले गरेका थिए।

    Oplus_131072
  • आज संविधान दिवस; देशभर सार्वजनिक विदा

    आज संविधान दिवस; देशभर सार्वजनिक विदा

    गत भाद्र २३/२४ गतेको आन्दोलन पछि संविधान उल्लंघन गरी वर्तमान सरकार बनाइएको राजनैतिक दलहरुले आरोप लगाउँदै आएका छन्। यसर्थ आज झापाका दमक, बिर्तामोड, कमल, गौरिगंज लगायत ठाउँमा राजनीतिक दलहरुले संविधान संकटमा रहेको भन्दै संविधान रक्षार्थ विरोध तथा खबरदारी कार्यक्रम गरिँदैछ।

     

    संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने दिवस हो। संविधानले नागरिकका अधिकार, कर्तव्य र राज्य संरचनाको आधार तय गरेको दिन भएकाले यसलाई ऐतिहासिक तथा महत्वपूर्ण दिवसका रूपमा मनाइन्छ।

     

    नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन्। पछिल्लो समय नेपालको संविधान २०७२ जारी भएकोदिन संविधान दिवस असोज ३ गते मनाइन्छ।

  • दमकमा हालसम्मको क्षति तेइस करोडभन्दा बढी, थप मूल्यांकन जार

    दमकमा हालसम्मको क्षति तेइस करोडभन्दा बढी, थप मूल्यांकन जार

    असाेज १, दमक – पछिल्ला घटनाक्रम र प्रदर्शनका क्रममा दमक नगरपालिकामा ठूलो मात्रामा भौतिक क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ। इलाका प्रहरी कार्यालयको मुजुल्का तथा प्रारम्भिक मूल्यांकन अनुसार,

    दमक नगरपालिकाको क्षति रकम करिब रु. २३,००,००,०००/- (तेइस करोड रुपैयाँ) पुगेको छ।

    त्यस्तै, आन्तरिक राजस्व कार्यालयको क्षति रकम रु. ३,०६,९३,९८३/- (तीन करोड छ लाख त्रियानब्बे हजार नौसय त्रियासी रुपैयाँ) अनुमान गरिएको छ।

    नगरपालिका र स्थानीय प्रशासनले जानकारी दिँदै यो क्षति अत्यन्त दुःखद भएको बताएका छन्। साथै अन्य सरकारी निकाय र निजी क्षेत्रमा भएको क्षतिको क्रमिक मूल्यांकन कार्य जारी रहेको जनाइएको छ। प्रहरी र प्रशासनले थप विवरण संकलन गर्ने र आवश्यक कारबाही अघि बढाउने तयारी गरेको जनाएको छ।

  • कन्काईमा डिपिएल कन्काई र डिपिएल कन्काई टिन्सको संयुक्त दीप प्रज्वलन तथा शोकसभा सम्पन्न

    कन्काईमा डिपिएल कन्काई र डिपिएल कन्काई टिन्सको संयुक्त दीप प्रज्वलन तथा शोकसभा सम्पन्न

    असाेज १, कन्काई, झापा – डिपिएल कन्काई र डिपिएल कन्काई टिन्सको संयुक्त आयोजनामा आज साँझ कन्काई नगरपालिकास्थित झापा रोडमा दीप प्रज्वलन तथा शोकसभा सम्पन्न गरिएको छ।

    कार्यक्रममा डिपिएल कन्काई र कन्काई टिन्सका पदाधिकारी, सदस्य तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। सहभागीहरूले मौन धारण गर्दै आन्दोलनमा प्राण गुमाउने आत्माहरूको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए।

    डिपिएल नेपालका उपाध्यक्ष कमल गैरेले देशभरका विभिन्न डिपिएल शाखाहरूमा दिवंगत आत्माहरूको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम गरिएको जानकारी दिनुभयो।

    त्यसैगरी, डिपिएल कन्काईका अध्यक्ष जेनिस चम्लागाईले शहीद परिवारलाई धैर्य धारण गर्न शक्तिको कामना गर्दै उक्त आन्दोलनले देशमा परिवर्तनको आशा पलाएको बताउनुभयो।

    कार्यक्रमले लोकतान्त्रिक मूल्य–मान्यता र न्यायका लागि भएको बलिदानलाई सदैव सम्झिरहनु पर्ने सन्देश दिएको आयोजकहरूले जनाएका छन्।

  • आज असोज १ गते अर्थात बिश्वकर्मा पुजा 

    आज असोज १ गते अर्थात बिश्वकर्मा पुजा 

    असाेज, १ दमक / आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

    आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

    एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद्हरु बताउँछन् । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।

    विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने गर्छन् । वास्तु शास्त्र पुस्तकका लेखक एवम् अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा पनि मनाउने गर्छन् ।

    पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण शुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ ।

  • आज राष्ट्रिय शोक, सार्वजनिक बिदा 

    आज राष्ट्रिय शोक, सार्वजनिक बिदा 

    १ असोज, काठमाडौं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ ।

     

    भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो ।

     

    उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।

     

    सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने छ ।