Blog

  • नेकपा (एकीकृत समाजवादी) झापाद्वारा टिकटक प्रतियोगिता घोषणा, विजेतालाई भदौ ९ गते पुरस्कार वितरण

    नेकपा (एकीकृत समाजवादी) झापाद्वारा टिकटक प्रतियोगिता घोषणा, विजेतालाई भदौ ९ गते पुरस्कार वितरण

    बिर्तामोड, २१ साउन / नेकपा (एकीकत समाजवादी) झापााले टिकटक प्रतियोगिताु आयोजना गर्ने भएको छ । भाद्र ९ गते एकीकृत समाजवादी पार्टीको स्थापना वर्षको अवसर पारेर झापामा टीकटक प्रतियोगिता गर्ने भएको हो ।

    आज (बुधबार) बिर्तामोडस्थित पार्टीको जिल्ला कार्यालयमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । सुसासन र रोजगारी, समाजवादको तयारीु बिषयमा टीकटक भिडियो निर्माण हुनुपर्ने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

    नेपाली भाषामा निर्माण भएको टिकटक भिडियो सामाग्री तीन मिनेटसम्मको रहनुपर्ने छ । टिकटक प्रतियोगितमा सहभागि हुनका लागि उमेर समूह र भुगोललाई आभार बनाइएको छैन, अध्यक्ष बीपि भट्टराईले भने ।

    अध्यक्ष भट्टराईका अनुसार प्रतियोगिताम सहभागिहरुले एकैपटक टिकटकमा पोष्ट नगरी पार्टी जिल्ला कमिटीको आधिकारिक आईडीबाट प्रकाशित गर्नुअघि भिडियो सामाग्रीलाई अध्ययन गरिने छ । भिडियो सामाग्रीलाई मोबाइल नम्बर (वाट्सएप नम्बर-९७०७९०५७०९) मा पठाउन हुन समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    सो भिडियो सामाग्री निर्णायक मण्डलमा एकीकृत समाजवादी कोशी प्रदेश सदस्य एबम् समाजवादी प्रेष संगठनका उपाध्यक्ष तीर्थ सिग्देल, एकीकृत समाजवादी झापाका प्रचार विभाग प्रमुख अनिलदेब राई र समाजवादी प्रेष संगठन झापाका अध्यक्ष गोविन ल्वागुन रहेका छन् ।

    साउन २५ देखि भदौ १ गतेसम्म आएका भिडियो सामाग्रीहरु प्रतियोगितामा समावेश गरिनेछ । भदौ ८ गतेसम्म प्राप्त भएका लाईक, भ्युज र शेयरलाई ५० अङक प्रदान गर्ने छ । बाँकी ५० अङक निर्णायक मण्डलले प्रदान गर्ने अध्यक्ष भट्टराईले जानकारी गराए ।

    प्रतियोगितामा पहिलो हुनले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले तीन हजारसहित प्रमाणपत्र पाउने छन् । प्रतियोगिताका बितेताहरुलाई एकीकृत समाजवादी पार्टीको स्थापना दिवस भदौ ९ गते एक कार्यक्रमबीच पुरस्कार वितरण गरिने छ ।

    पत्रकार सम्मेलनमा एकीकृत समाजवादी कोशी प्रदेश सचिवालय सदस्य एबम् नेपाल खेलकुद महासंघ समाजवादीका वरिष्ठ उपाध्यक्ष शंकर थापा, एकीकृत समाजवादी झापाका निवर्तमान अध्यक्ष एबम् झापाका पुराना बामपन्थी नेता बेदराज रेग्मी, नेता बासु दुलाल, नेता तीर्थ सिग्देल, उपाध्यक्ष नबीन इजम, सरस्वती सुब्बा, सचिव सानकुमार लामा, उपसचिव श्री मिश्र लगायतको उपस्थिति थियो ।

  • दमकमा सम्भव एजुकेसन कन्सल्टेन्सीको शाखा सञ्चालनमा

    दमकमा सम्भव एजुकेसन कन्सल्टेन्सीको शाखा सञ्चालनमा

    साउन २१ , दमक । झापाको दमक नगरपालिकामा सम्भव एजुकेसन कन्सल्टेन्सीको नयाँ शाखा सञ्चालनमा आएको छ। दमक नगरपालिकाका मेयर रामकुमार थापाको प्रमुख आतिथ्यतामा रिबन काटेर कन्सल्टेन्सीको उद्घाटन गरिएको हो।

    काठमाडौँको पुतलीसडक, बागबजारमा मुख्य कार्यालय रहेको सम्भव एजुकेसन कन्सल्टेन्सीले दमकको डिम्याक्स सिनेमा हलको चौथो तलाबाट सेवा सञ्चालन गरेको छ। एसी सहितको सुविधा सम्पन्न कक्षा कोठामा विद्यार्थीहरुलाई अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, फ्रान्स, डेनमार्क लगायतका देशहरूमा अध्ययनका लागि परामर्श दिने सम्भव कन्सल्टेन्सीका टिम म्यानेजर पर्वत बस्नेतले जानकारी दिनुभयो।

    राजेश थापा, नवीन ढकाल, प्रेम खड्का लगायतको साझेदारीमा दमक शाखा विस्तार गरिएको कन्सल्टेन्सीको उद्घाटन कार्यक्रममा काठमाडौँबाट फाउन्डर अमृत बुढाथोकी विशेष उपस्थितिमा रहनुभएको थियो। उक्त कार्यक्रममा रिता बस्नेत श्रेष्ठ, भगवान बस्नेत लगायतको पनि उपस्थिति रहेको थियो।

  • अनलाइन मिडिया दर्ता र नवीकरण अब सिडियोको हातमा

    अनलाइन मिडिया दर्ता र नवीकरण अब सिडियोको हातमा

    काठमाडौं । राजपत्रमा प्रकाशित नयाँ कानुनी व्यवस्थाअनुसार अब अनलाइन मिडिया दर्ता तथा नवीकरणको कार्य सूचना विभागबाट हटेर जिल्ला प्रशासन कार्यालय (सिडियो) मार्फत हुने भएको छ। सूचना विभागले भोलिदेखि दर्ता तथा नवीकरणको प्रक्रिया स्थगित गर्ने निर्णय गरिसकेको छ, जसले हजारौं अनलाइन सञ्चालक, पत्रकार तथा स्वरोजगार मिडियाहरू अन्योलमा पारिएको छ।

    यो निर्णय हालका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको जानकारीबिना नै अघिल्लो सञ्चारमन्त्री रेखा शर्माको पालामा अगाडि बढाइएको खुलेको छ। निर्णय प्रक्रियामा सरोकारवाला पक्षसँग कुनै परामर्श, छलफल वा संवाद नगरिएको भन्दै पत्रकार महासङ्घ, सञ्चारकर्मी तथा अनलाइन मिडिया संघसंस्थाहरूले आपत्ति जनाएका छन्।

    प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले भने, “सरकारको यो निर्णयले स्वतन्त्र पत्रकारिता र डिजिटल मिडिया प्रवाहमा अवरोध सिर्जना गर्नेछ। यदि अनलाइन मिडिया सिडियो कार्यालयमा दर्ता गर्नैपर्छ भने, प्रत्येक वर्ष नवीकरणको झन्झट किन? किन पत्रिकालाई एक व्यवहार, अनलाइनलाई अर्को? सञ्चार नीतिमा यति धेरै बिचलन किन?”

    उनले आम सञ्चारको व्यवस्थापन, नियमन तथा नीति निर्माणको काम सरकारले स्पष्ट रूपमा “आम सञ्चार प्राधिकरण” गठनमार्फत अघि बढाउनुपर्ने मागसमेत राखेका छन् ।

    यस निर्णयले सञ्चार क्षेत्रलाई थप झन्झटिलो बनाउने देखिएको छ भने प्रादेशिक तथा स्थानीय तहमा एकरूपता कायम गर्न कठिन हुने विज्ञहरूको धारणा छ।

  • गोविन ल्वागुन पुनः बालसेवा आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सर्वसम्मत चयन

    गोविन ल्वागुन पुनः बालसेवा आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सर्वसम्मत चयन

    साउन २० , दमक / शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः गोविन ल्वागुन चयन भएका छन् ।

    आज (सोमबार) अभिभावकहरुको भेलाले पत्रकारसमेत रहनुभएका युवा नेता ल्वागुनलाई बालसेवा आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेका हुन् ।
    पत्रकारितासंगै राजनीतिक र सामाजिक सेवामा सक्रिय ल्वागुन यसअघिको व्यवस्थापन समितिको अध्यक्ष हुन् । उनी लामो समयदेखि विद्यालय व्ग्यवस्थापन समितिका सदस्य पदमा रहेर जिम्मेवारी पुरा गरिआएका छन् ।

    ल्वागुन समाजवादी प्रेष संगठन, नेपाल झापाका अध्यक्ष हुन् भने सताक्षी प्रेष क्लब शिबसताक्षीका वरिष्ठ उपाध्यक्ष हुन् । उनी बालसेवा आधारभुत विद्यालयका विद्यार्थी हुन् ।
    विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमका प्रेम रोक्का, पवित्रा तामाङ, सृजना रेग्मी, भुवनकुमारी शेर्मा, दुर्गाप्रसाद फुयाल चयन भएका छन् । विद्यालयका प्रधानध्यापक वेनुप्रसाद कार्कीका अनुसार व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि गणेशराज कटुवाल रहनुभएको छ ।

    त्यस्तैं, आजै विद्यालयमा आयोजित अभिभावक र शिक्षकहरुको भेलाले हेमा खड्गीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको प्रधानध्यापक कार्कीले जानकारी दिनुभयो ।

  • अर्किड एकेडेमी मन्टेस्वरी विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४७५ जनाले गरे स्वास्थ्य परीक्षण

    अर्किड एकेडेमी मन्टेस्वरी विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४७५ जनाले गरे स्वास्थ्य परीक्षण

    दमक, २०८२ साउन २० – झापाको दमकस्थित अर्किड एकेडेमी मन्टेस्वरी विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। विद्यालयमा बढ्दो बालबालिकाको दन्त समस्या र अभिभावकहरूको स्वास्थ्यप्रतिको चासोलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त शिविरमा ४७५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

    विद्यालयको आयोजना र ओम शान्ति डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा २५० जना विद्यार्थी, २०० जना अभिभावक तथा २५ जना शिक्षक र कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको थियो। दाँतको सघन जाँच, नाक, कान, घाँटीको प्रारम्भिक परीक्षण र मुख स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

    ओम शान्ति डेन्टल क्लिनिकका पाँच सदस्यीय चिकित्सक टोलीको सहभागितामा सञ्चालन भएको शिविरमा प्रत्येक बिरामीको विवरण फारममा संकलन गरी अभिभावकलाई रिपोर्ट कार्ड प्रदान गरिएको थियो। परीक्षणमा देखिएका समस्याअनुसार प्राथमिक उपचार सल्लाह र आवश्यक भएमा थप उपचारको सिफारिस गरिएको थियो।

    विद्यालयका प्रधानाध्यापक लक्ष्मी नेपालले विद्यार्थी र अभिभावक समुदायको स्वास्थ्यप्रतिको जागरूकता अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले अन्य स्वास्थ्य क्षेत्रहरूलाई समेटेर आगामी दिनमा थप शिविर आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो।

    दन्त चिकित्सक ड कास्मी श्रेष्ठले बालबालिकामा मुख सफाइको सही तरिका सिकाउनुलाई प्राथमिकता दिइएको उल्लेख गर्दै नियमित सरसफाइबाट धेरै दन्त समस्याहरू समाधान गर्न सकिने बताउनुभयो।

    ओम शान्ति डेन्टल हस्पिटलका सञ्चालक कमल गैरेले यस शिविरको माध्यमबाट विद्यालयका विद्यार्थीहरूलाई दन्त स्वास्थ्यका बारेमा सन्देश फैलाउन मद्दत पुगेको बताए। साथै, हस्पिटलले एक्सरे र ओपिडी सेवामा नि:शुल्क सेवा र अन्य दन्त उपचारमा २० प्रतिशत छुट उपलब्ध गराइरहेको जानकारी दिएका छन्।

    ओम शान्ति डेन्टल क्लिनिक र अर्किड एकेडेमी मन्टेस्वरी विद्यालयको संयुक्त प्रयासले सम्पन्न स्वास्थ्य शिविरले विद्यालय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ। विद्यालयले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

  • दमकमा सिटी सफारी अनुगमन सुरु, ७१ सिटी सफारी कारबाहीम

    दमकमा सिटी सफारी अनुगमन सुरु, ७१ सिटी सफारी कारबाहीम

    साउन २० , दमक — झापाको दमक नगरपालिकामा सिटी सफारी सवारी साधनको अव्यवस्थित सञ्चालन रोकथामका लागि नियमित अनुगमन सुरु गरिएको छ। दमक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तथा यातायात व्यवस्थापन समितिका संयोजक प्रजापति सापकोटाको नेतृत्वमा मङ्गलबारबाट अनुगमन कार्य सुरु गरिएको हो।

    वडाध्यक्ष सापकोटाका अनुसार पछिल्ला वर्षहरूमा दमक नगर क्षेत्रमा सिटी सफारीको चाप अत्यधिक बढेकोले दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनको लागि निरन्तर अनुगमन आवश्यक रहेको छ। “सिटी सफारी अव्यवस्थित सञ्चालनका कारण दुर्घटनाको जोखिम बढिरहेको छ,” उहाँले भन्नुभयो, “अबबाट नियमित अनुगमन गरेर व्यवस्थापन गरिनेछ।”

    नगरपालिकाको सहकार्यमा दमक नगर प्रहरी, इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय लगायत निकायको टोलीले संयुक्त रूपमा अनुगमन थालेको छ। दमक नगर प्रहरी प्रमुख रुद्रजंग कार्कीले सवारी पार्किङ व्यवस्थापन, एकतर्फे सञ्चालन र दुर्घटना न्यूनीकरणका लागि नगर प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

    अनुगमनको क्रममा दमक नगरपालिका वडा नम्बर १ फागुनन्द चोकस्थित ४५ वटा र वडा नम्बर ६ गोल्डेन गेट क्षेत्रका ७५ वटा गरी कुल १२० वटा सिटी सफारीलाई चेकजाँच गरिएको यातायात व्यवस्थापन शाखाका व्यवस्थापक भूवन दाहालले बताउनुभयो। कारबाहीमा परेका मध्ये ७१ वटा सिटी सफारीलाई रसिद काटि कारबाहीको दायरामा ल्याइएको छ। दमक क्षेत्रमा बाहिरबाट सिटी सफारी प्रवेश गर्ने क्रम बढेपछि सवारी व्यवस्थापनका लागि यो कदम चालिएको छ।

  • दमक ८ को पुरानो ट्याक्सी स्टेन स्थानान्तरण गरिए पनि पार्किङ जथाभावी, टोल विकास संस्थाले नगरपालिकामा ध्यानाकर्षण

    दमक ८ को पुरानो ट्याक्सी स्टेन स्थानान्तरण गरिए पनि पार्किङ जथाभावी, टोल विकास संस्थाले नगरपालिकामा ध्यानाकर्षण

    दमक, साउन २० — झापाको दमक नगरपालिका वडा नम्बर ८ स्थित पुरानो ट्याक्सी स्टेन सराएर वडा नम्बर ७ मा स्थानान्तरण गरिएपनि पुरानै स्थानमा ट्याक्सी पार्किङको समस्या ज्यूँका त्यूँ रहेको छ। दमक नगरपालिकाले पटक–पटक सूचना जारी गरी पुरानो स्टेनमा पार्किङ नगर्न आग्रह गरेपनि वेवास्ता गर्दै ट्याक्सीहरू पुरानै स्थानमा राखिने गरेको छ।

    केही दिनअघि नगरपालिका प्रहरी टोलीले नियम उल्लङ्घन गर्ने पाँच वटा ट्याक्सीलाई हुईलक लगाएको थियो। तर त्यसपछि ती ट्याक्सीहरू नजिकै रहेको मिलन मार्ग टोल विकास संस्था परिसरमा लगेर पार्किङ गरिने गरेको पाइएको छ।

    यसले व्यापार व्यवसायमा अवरोध पुगेको भन्दै मिलन मार्ग टोल विकास संस्थाले दमक नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। संस्थाले ट्याक्सी व्यवसायीहरूले लापरवाही गर्दै जथाभावी पार्किङ गर्ने गरेको र यसले स्थानिय व्यवसायमा असर परेको भन्दै तत्काल पार्किङ निषेध गर्न र ट्याक्सी व्यवस्थापनको लागि प्रभावकारी कदम चाल्न माग गरेको हो।नगरपालिकाले अब कडा कदम चाल्ने जनाएको छ।