• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, फागुन १३, २०८२
बुधबार, फागुन १३, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

दमक बहुमुखी क्याम्पसद्वारा छात्रावास सञ्चालन सुरु

लोकप्रिय समाचार

  • १. डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

झापा–५ मा सञ्चारमाध्यमको निष्पक्षतामाथि कांग्रेसको प्रश्न भ्रामक प्रचार र उम्मेदवारको मर्यादा मिचिएको आरोप

माघ २१, दमक / नेपाली कांग्रेसले झापा क्षेत्र नम्बर–५ को निर्वाचनलाई लक्षित गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत भ्रामक तथा तथ्यहीन सामग्री प्रसारण भइरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

कांग्रेस झापा–५ चुनाव प्रचार–प्रसार अन्तर्गतको सूचना सञ्जाल समन्वय समितिको आयोजनामा मंगलबार बिहान दमकमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा नेताहरूले पत्रकारिताका सामान्य मूल्य–मान्यता, सिद्धान्त तथा निर्वाचन आचारसंहिता विपरीत सामग्री सार्वजनिक भइरहेको आरोप लगाएका हुन्। यस्ता समाचार तथा प्रचार सामग्रीले नागरिकको सत्य सूचना पाउने अधिकार हनन भएको कांग्रेसको ठहर छ।

कार्यक्रममा झापा–५ बाट कांग्रेसका उम्मेदवार मन्धरा चिमरिया पौडेलको उपस्थितिमा नेताहरूले विघटित संसदको सबैभन्दा ठूलो दल कांग्रेस भए पनि सञ्चारमाध्यमहरूले दल र उम्मेदवारको मर्यादा विपरीत सामग्री प्रस्तुत गरेको गुनासो गरे। अघिल्लो निर्वाचनमा निकट प्रतिस्पर्धी दलको हैसियत बनाएको कांग्रेसलाई बेवास्ता गर्दै चौथो–पाँचौँ दलका उम्मेदवारलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गरिएको भन्दै उनीहरूले निष्पक्षतामाथि प्रश्न उठाए।

कांग्रेस केन्द्रीय सदस्य सुरेश सुब्बाले सर्लाही र झापाका विषयलाई जोड्दै प्रविधिको दुरुपयोगमार्फत सामाजिक सञ्जालमा फैलाइएका प्रचारमा कुनै सत्यता नरहेको बताए। यस्ता गतिविधिले सञ्चार जगतको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा गरेको उनको टिप्पणी थियो।

“कल्पनामा आधारित सूचना सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गर्नु अघि जिम्मेवारी र कर्तव्यबोध हुनुपर्छ,” उनले भने। साथै, कांग्रेसविरुद्ध भ्रम फैलाउने तत्वको पहिचान भइसकेको दाबी गर्दै कानुनी उपचार खोजिने चेतावनी दिए।

कांग्रेस झापाका कार्यवाहक सभापति शेरबहादुर भट्टराईले झापा–५ का विषयमा देश–विदेशबाट भ्रम फैलाउने प्रयास भइरहेको भन्दै नागरिकलाई सचेत रहन आग्रह गरे। कांग्रेसभित्र उम्मेदवारीलाई लिएर कुनै मतभेद नरहेको र पार्टी एकताबद्ध रूपमा चुनावी मैदानमा उत्रिएको उनको भनाइ थियो।

त्यस्तै, कांग्रेस झापा–५ का सभापति ढुण्डीराज भण्डारीले यसपटक झापा–५ मा गुमेको कांग्रेसको विरासत फर्काउने दृढ अठोटसहित नेता–कार्यकर्ता चुनावी अभियानमा सक्रिय रहेको बताए। विपक्षी दलहरूले कांग्रेस जितको नजिक पुगेको देखेपछि सामाजिक सञ्जालको दुरुपयोग र मतदाताको गोपनीयता भंग गर्ने जस्ता गैरजिम्मेवार गतिविधि गरिरहेको आरोप पनि उनले लगाए।

कार्यक्रममा नेताहरूले सञ्चारमाध्यमलाई निष्पक्ष र स्वतन्त्र पत्रकारिताको अभ्यास गर्न आग्रह गर्दै पत्रकारिताको मूल्य–मान्यता र सिद्धान्तअनुसार सबै दल र उम्मेदवारप्रति समान व्यवहार भए मात्र लोकतन्त्र सुरक्षित रहने धारणा व्यक्त गरे।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल
पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण
दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

लोकप्रिय

डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

ताजा

डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल
  • पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण
  • दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप
  • झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित
  • जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :