चैत ९, दमक / रोटरी क्लब अफ दमक को सक्रिय पहलमा पृथ्वी मावि दमक मा छात्रा मैत्री शौचालय निर्माण गरी अनावरण तथा हस्तान्तरण गरिएको छ। आज विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच उक्त शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष केशब कुमार अग्रवाल ले गरेका थिए भने प्रमुख अतिथिका रूपमा रामकुमार थापा उपस्थित थिए। त्यस्तै भीम प्रसाद पौडेल, शिक्षा शाखा अधिकृत प्रविण खड्का, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन कुमार थापा, शिक्षक अभिभावक संघ अध्यक्ष लालसुन्दर राईलगायतले विशिष्ट आतिथ्यता ग्रहण गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु कुमार राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने क्लबका निवर्तमान अध्यक्ष दीपु सन्दीप चापागाईंले छात्राहरूको स्वास्थ्य र शिक्षा सुधारमा योगदान दिन पाउँदा खुशी व्यक्त गरे।
वक्तव्यका क्रममा वडाध्यक्ष पौडेलले क्लबको कार्यको प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यक्त गरे। प्रमुख अतिथि नगर प्रमुख थापाले छात्रा लक्षित कार्यक्रममार्फत समाजमा सकारात्मक योगदान पुर्याएको उल्लेख गर्दै नगरपालिकाले यस्ता पहलमा सहकार्य गर्न सधैं तयार रहेको बताए।
रोटरीको आधारभूत साक्षरता तथा शिक्षा कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यस परियोजनाले छात्राहरूको सुरक्षा, स्वास्थ्य र अध्ययन वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। शैक्षिक संस्था र समुदायको सहकार्यमा सम्पन्न कार्यक्रमले सामाजिक उत्तरदायित्व र सेवामुखी सक्रियताको उदाहरण प्रस्तुत गरेको छ।



