२०८३ आश्विन २८ बुधबार
२०८३ आश्विन २८ बुधबार

सुरुङ्गामा फोहोर संकलन दौड प्रतियोगिता सम्पन्न, पहिलो दिनमै ३६६ केजी नकुहिने फोहोर संकलन

सुरुङ्गा, झापा। सफा, सुन्दर र स्वच्छ सुरुङ्गा निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सफा सुरुङ्गा महाअभियान’ अन्तर्गत फोहोर संकलन दौड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। अभियानको पहिलो दिनमै ३६६ केजी नकुहिने फोहोर संकलन भएकाे कार्यक्रमम विद्यार्थी तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा सन्दीप खत्रीको टोली प्रथम हुँदै १५ हजार रुपैयाँ पुरस्कार जित्न सफल भयो। त्यसैगरी, विल्सन थापालियाको टोली दोस्रो हुँदै १० हजार रुपैयाँ र रिदिमा संग्रौलाको टोली तेस्रो हुँदै ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए। प्रतियोगिताको प्रथम पुरस्कार कनकाई सामुदायिक वन उपभोक्ता समूह, सुरुङ्गाले, दोस्रो पुरस्कार समाजसेवी दिपेश खत्रीले र तेस्रो पुरस्कार श्री पशुपति अङ्ग्रेजी माध्यमिक विद्यालयले प्रदान गरेका थिए।

यसैगरी, सरसफाइसम्बन्धी सामग्री निर्माण गरी सामाजिक सञ्जालमार्फत अभियानलाई प्रवर्द्धन गर्ने व्यक्तिका लागि ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। उक्त पुरस्कार न्यू संगीता ज्वेलरीका सञ्चालक रोज शंकरले प्रदान गर्ने भएका छन्। इच्छुक व्यक्तिले सरसफाइसम्बन्धी सामग्री निर्माण गरी आफ्नै सामाजिक सञ्जालमा प्रकाशित गरेर आयोजकलाई जानकारी गराउनुपर्नेछ।

प्रतियोगितामा श्री हरिकुल, कनकाई माध्यमिक विद्यालय, कनकाई बहुमुखी क्याम्पसलगायतका शैक्षिक संस्थाका विद्यार्थी तथा स्थानीयवासीले सहभागिता जनाएका थिए। कार्यक्रममा झापा क्षेत्र नं. ४ का सांसद शम्भु सुस्केरा र कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष जनक कार्कीले सम्बोधन गर्दै स्वच्छ सुरुङ्गा निर्माणका लागि आफ्नो तर्फबाट तथा सम्बन्धित संस्थामार्फत आवश्यक सहयोग र प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमलाई सफल बनाउन कनकाई नगरपालिका वडा नं. ३ को वडा कार्यालय, कनकाई उद्योग वाणिज्य संघ, सुरुङ्गा तथा सुरुङ्गा खानेपानी तथा सरसफाइ समितिको सहयोग रहेको थियो। प्रतियोगिताका क्रममा सहभागी बिरामी भएमा उपचारका लागि सुरुङ्गा मेडिसिन सेन्टर एण्ड क्लिनिकसमेत तयारी अवस्थामा रहेको थियो।

महाअभियान अन्तर्गत आगामी कार्यक्रमका रूपमा भाेली असाेज २८गते सरसफाइयुक्त सुरुङ्गा निर्माणका लागि प्रतिबद्धता जनाउने हस्ताक्षर अभियान तथा असोज २९ गते वृक्षरोपण कार्यक्रम ता असाेज ३० गते सम्मान ता पुरस्कार वितरण कार्यक्रमआयोजना गरिने जनाइएको छ।

अभियानका संयोजक दिवस कार्कीले यस अभियानले सुरुङ्गालाई स्वच्छ, सुन्दर र व्यवस्थित सहर बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, “सुरुङ्गालाई यस्तो राम्रो सहर बनाऊँ कि यहाँ आउने प्रत्येक व्यक्तिले आफ्नो ठाउँमा पुगेर पनि सुरुङ्गाजस्तै सफा र राम्रो सहर बनाउन खोजोस्।”

फोहोर संकलन दौड प्रतियोगितामार्फत सुरु भएको यस अभियानले सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षणमा सामूहिक सहभागिता र जिम्मेवारीबोध बढाउने अपेक्षा गरिएको छ।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।