२०८३ आश्विन २६ सोमबार
२०८३ आश्विन २६ सोमबार

चाडपर्वको शुभकामना आदानप्रदानसँगै आर्थिक अभावमा दन्त उपचारबाट वञ्चित हुन नदिन थुलुङ डेन्टलको पहल

दमक । झापाको दमक–६, फर्निचर लाइन स्थित थुलुङ डेन्टलले ७० वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न व्यक्ति, मिडियाकर्मी तथा विद्यार्थीलाई लक्षित गरी निःशुल्क दन्त परीक्षण सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।
आउँदै गरेका चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा दन्त विशेषज्ञ डा. सोफिया थुलुङले आर्थिक अभावका कारण कोही पनि दन्त परीक्षणबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले निःशुल्क सेवा सुरु गर्न लागिएको जानकारी दिएकी हुन् ।
कार्यक्रममा डा. थुलुङले दन्त उपचारसम्बन्धी भ्रममा नपरी योग्य चिकित्सकको परामर्शमा उपचार गराउनुपर्नेमा जोड दिइन् । दाँत दुख्दा उपचार खर्च र पीडाको डरले धेरैले चिकित्सककहाँ जान ढिलाइ गर्ने गरेको उल्लेख गर्दै उनले समयमै परीक्षण गराउँदा समस्या जटिल हुनबाट जोगाउन सकिने बताइन् ।
उनका अनुसार दाँतको अवस्था र संक्रमणको गम्भीरताअनुसार रुट क्यानल उपचार एक वा दुई पटकको भेटमा पूरा हुन सक्ने भए पनि कतिपय अवस्थामा थप समय लाग्न सक्छ । निःशुल्क सेवाअन्तर्गत उपलब्ध हुने उपचार तथा सेवा प्राप्त गर्ने मापदण्डबारे क्लिनिकमा सम्पर्क गरेर जानकारी लिन सकिने जनाइएको छ ।
थुलुङ डेन्टलमा दुई जना पूर्णकालीन दन्त चिकित्सकसहित करिब आधा दर्जन विशेषज्ञले सेवा दिँदै आएका छन् । क्लिनिकले सहरभन्दा गाउँका विद्यालयका विद्यार्थीलाई लक्षित गरी दन्त स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ । हालसम्म ४० भन्दा बढी विद्यालयमा दन्त शिविर सञ्चालन गरिसकेको क्लिनिकले हरेक पालिकामा शिविर सञ्चालन गरिएका विद्यालयमध्ये एउटा छनोट गरी पुस्तकालय स्थापना गर्ने योजना अघि सारेको छ । केही स्थानमा पुस्तकालय स्थापना गर्ने कामसमेत भइरहेको जनाइएको छ ।
डा. थुलुङले आफ्ना बुबाले दमकमा दन्त उपचार क्षेत्रमा पुर्याशएको योगदान र त्यसबाट स्थापित पहिचानलाई जोगाउने प्रेरणाले आफूलाई सेवामा निरन्तर लाग्न उत्साहित बनाएको बताइन् । आमाको भावनालाई पनि प्रेरणाका रूपमा लिँदै व्यावसायिक आम्दानीभन्दा सेवाभावलाई प्राथमिकता दिएको उनको भनाइ छ ।
निःशुल्क दन्त परीक्षण सेवाको घोषणाले आर्थिक अभावका कारण उपचार गराउन नसकेका नागरिकलाई दन्त स्वास्थ्यप्रति सचेत बनाउन र समयमै उपचारको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।