२०८३ श्रावण १३ बुधबार
२०८३ श्रावण १३ बुधबार

पहिलो पाइला र लायन्सको श्रावणको दोस्रो सोमबारको अवसरमा धनेश्वर मन्दिरमा प्रसाद वितरण तथा भजन–कीर्तन सम्पन्न

दमक। श्रावण महिनाको दोस्रो सोमबारको पावन अवसरमा सामाजिक रूपमा सक्रिय पहिलो पाइला नेपाल दमक शाखा र लायन्स क्लब अफ दमक डाइनामिक को संयुक्त आयोजनामा दमकस्थित धनेश्वर मन्दिरमा प्रसाद वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रसाद वितरणसँगै भजन–कीर्तन, धार्मिक नृत्य तथा भगवान शिवको महिमाबारे प्रवचन समेत गरिएको थियो। कार्यक्रम पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा लायन्स क्लब अफ डाइनामिक दमकका अध्यक्ष गोकुल खडका, लायन्स नेता विमल बराल, विवेक बजगाईं, गुरु बराल, पहिलो पाइला नेपालका केन्द्रीय सचिव दिवस खतिवडा, सल्लाहकार राजु खडका, महेश घिमिरे उपाध्यक्ष लबराज खडका, सचिव पूजा दाहाल, सदस्यहरू सोनु चौधरी, देबु गर्तौला, जी.पी. पोख्रेल, सक्षम पौडेल, निशा अधिकारी, रोशन अधिकारी, धनेश्वर मन्दिर व्यवस्थापन समितिका सदस्य राजेन्द्र आचार्य लगायतको उपस्थिति रहेको थियो।
उपस्थित स्थानीयवासीहरूले यस्ता धार्मिक तथा सामाजिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश, आपसी एकता र धार्मिक सद्भाव अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए।
यसअघि पहिलो सोमबार दमक–६ स्थित पशुपति मन्दिरमा पनि प्रसाद वितरण गरेको पहिलो पाइला नेपाल दमक शाखाले श्रावणका चारै सोमबार विभिन्न मन्दिरहरूमा प्रसाद वितरण कार्यक्रम सञ्चालन गर्ने जानकारी संस्थाका सचिव पूजा दाहालले दिनुभयो।
यसै अवसरमा पतञ्जलि योग समिति, दमक नगरले पनि धनेश्वर मन्दिरमा प्रसाद वितरण गरेको थियो। कार्यक्रम संयोजक संगीता खतिवडाले यस्ता कार्यक्रमले आपसी सद्भाव बढाउनुका साथै भगवानप्रति आस्था र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने बताउनुभयो। नगरका साधकहरूको उल्लेखनीय उपस्थितिमा भजन–कीर्तन तथा नृत्य कार्यक्रम समेत सम्पन्न भएको थियो।

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।