२०८३ कार्तिक ३ सोमबार
२०८३ कार्तिक ३ सोमबार

दमक जेसीजको सप्तमी साँझ सम्पन्न, शुभकामना आदानप्रदानसँगै सांगीतिक मनोरञ्जन

दमक। दमकस्थित दमक जेसीजले हरेक वर्ष दसैँ–तिहारको अवसरमा आयोजना गर्दै आएको सप्तमी साँझलाई यस वर्ष पनि निरन्तरता दिएको छ। दमकबासीबीच एकता, सद्भाव र आपसी भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

दमक जेसीजका महासचिव रुवल अधिकारीका अनुसार हरेक वर्षझैँ यस वर्ष पनि विशेष कार्यक्रममार्फत शुभकामना आदानप्रदान गरिएको हो। कार्यक्रममा दसैँ, तिहार, छठलगायत चाडपर्वको शुभकामना साटासाट गर्नुका साथै गीत–संगीत र नृत्यका प्रस्तुतिमार्फत सहभागीलाई मनोरञ्जन प्रदान गरिएको थियो।

दमक जेसीजका अध्यक्ष राजेन्द्र बिमलीको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईं, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंलगायत विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा सरकारी र अर्धसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा दमक जेसीजका पूर्वअध्यक्ष, बोर्ड सदस्य तथा जेसीजका सदस्यहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रमले चाडपर्वका अवसरमा आपसी सम्बन्ध सुदृढ गर्दै सामाजिक एकता र सद्भाव कायम राख्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।