२०८३ कार्तिक २५ मंगलवार
२०८३ कार्तिक २५ मंगलवार

सञ्चारकर्मीहरूसँग व्यवसायी बोखिमको भेटघाट तथा शुभकामना आदानप्रदान

शिवसताक्षी – झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेस्थित बुद्धचोकमा रहेको युङ्गी क्याफे एण्ड रेष्टुरेन्टका सञ्चालक तथा होटल व्यवसायी तुला बोखिमले समाज परिवर्तन र राजनीतिक रूपान्तरणमा सञ्चारकर्मीहरूको भूमिका हिजोदेखि आजसम्म महत्वपूर्ण रहँदै आएको बताउनुभएको छ।

आइतबार स्थानीय सञ्चारकर्मीहरूसँगको भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बोखिमले मुलुकमा भएका विभिन्न राजनीतिक आन्दोलन, द्वन्द्व र परिवर्तनका समयमा सञ्चारकर्मीहरूले पुर्याेएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले सञ्चारकर्मीहरूले समाज र राजनीतिमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो।

शुभदीपावली, छठ, नेपाल संवत्, उधौली–उभौली तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर व्यवसायी बोखिमले उक्त कार्यक्रम आयोजना गर्नुभएको थियो।
कार्यक्रममा उहाँले तीनै तहका सरकारका गतिविधि नागरिकसम्म पुर्या्उने तथा सरकारका गलत प्रवृत्तिविरुद्ध खबरदारी र भण्डाफोर गर्ने जिम्मेवारीबाट सञ्चारकर्मीहरू पछि हट्न नहुने बताउनुभयो। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधिसमेत बन्नुभएका बोखिमले पछिल्लो समय सरकार पत्रकारिताप्रति आक्रामक देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले नयाँ सरकारले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।

यसैगरी, पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाम धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्षसमेत रहनुभएका बोखिमले सताक्षीधामको विकासका लागि विभिन्न योजना अघि सारिएको जानकारी दिनुभयो। उहाँका अनुसार धाममा आश्रय लिएर रहेका पशुचौपायाका लागि उचित चरनस्थलको खोजी गर्ने तथा पिसाब र गोबर संकलन गरी बहुउपयोगी बनाउने योजना रहेको छ।

त्यस्तै, सताक्षीधाम परिसरमा सताक्षी देवीको मन्दिर निर्माणका लागि उपसमिति गठन गरी जिम्मेवारीसमेत प्रदान गरिएको उहाँले बताउनुभयो। कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले विभिन्न जिज्ञासा, राय तथा सुझाव राख्नुका साथै व्यवसायी एवं राजनीतिक व्यक्तित्व बोखिमलाई शुभकामना व्यक्त गरेका थिए।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।