२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

झापाको दमकमा ‘पाण्ड्या गिफ्ट हाउस एण्ड सरप्राइज सेन्टर’ सञ्चालनमा आएको छ। दमक नगरपालिका–६ स्थित देवकोटा चोकको सहकारी भवनमा एक कार्यक्रमबीच गिफ्ट हाउस सञ्चालनमा ल्याइएको हो।

करिब ६ लाख रुपैयाँको लगानीमा सुरु गरिएको गिफ्ट हाउसमा उपहारसँग सम्बन्धित विभिन्न सामग्री उपलब्ध हुने सञ्चालक धनबहादुर पाण्ड्याले जानकारी दिनुभयो। उहाँका अनुसार अन्य गिफ्ट हाउसको तुलनामा यो व्यवसाय सरप्राइज प्लानिङ तथा विशेष अवसरका लागि उपहार व्यवस्थापनमा विशेष केन्द्रित रहनेछ।

आफ्नै जन्मदिनको अवसर पारेर सञ्चालक पाण्ड्याले आमा–बुवाको हातबाट रिबन काटेर गिफ्ट हाउसको उद्घाटन गर्नुभएको थियो।

जन्मदिन, विवाह, वार्षिकोत्सव, चाडपर्व तथा अन्य विशेष अवसरमा आफ्ना प्रियजनलाई खुसी बाँड्न सकिने विभिन्न उपहार सामग्री सरल तथा सुलभ मूल्यमा उपलब्ध गराउने सञ्चालक पाण्ड्याले बताउनुभयो।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै घरमै उपहार सामग्री पुर्‍याउने डेलिभरी सेवा समेत सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो।

झापा, दमक । पछिल्लो समय रोजगारी तथा अवसरको खोजीमा युवाहरू विदेश पलायन भइरहेका बेला दमक–६ स्थित केडी कम्प्लेक्समा एक १८ वर्षीय युवाले आफ्नै व्यवसाय सञ्चालनमा ल्याएका छन्।
दमकका युवा कौशल श्रेष्ठले केडी कम्प्लेक्समा ‘Bubble Bees Café & Waffle Station’ सञ्चालनमा ल्याएका हुन्। युवा उमेरमै व्यवसाय सुरु गर्दै श्रेष्ठले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको बताएका छन्।
क्याफेमा विभिन्न स्वादका वाफल, पेय पदार्थ तथा अन्य खाजा परिकार उपलब्ध हुने जनाइएको छ। व्यवसायसँगै युवालाई स्वदेशमै उद्यम तथा रोजगारीका अवसर सिर्जना गर्न सकिने उनको विश्वास छ। विदेश जाने सोच बनाइरहेका युवामाझ स्वदेशमै व्यवसाय गर्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्यले आफूले क्याफे सञ्चालनमा ल्याएको श्रेष्ठले बताए।

झापाको दमकमा श्री गजकाली मन्दिर सामाजिक सेवा समितिको १२औँ साधारणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। दमक नगरपालिका–२ स्थित गजकाली मन्दिरको सभाहलमा शनिबार कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमसँगै निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो। शिविरमा रक्तचाप तथा रक्तमा चिनीको मात्रा परीक्षण, आँखा जाँच, सामान्य शारीरिक स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श, दन्त परीक्षण लगायतका सेवा प्रदान गरिएको थियो।
मिष्ट कलेज दमक–६ को समन्वय, एडभान्स अस्पताल दमक तथा दमक नगरपालिकाको सहयोग र ओम शान्ति डेन्टल अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। यस्तै, विशिष्ट अतिथिका रूपमा दमक नगरपालिका–७ का वडा अध्यक्ष भीमप्रसाद पौडेल तथा दमक नगरपालिका–२ का वडा अध्यक्ष प्रजापति सापकोटा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले महिला तथा समुदाय केन्द्रित यस्ता कार्यक्रमलाई दमक नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो। उहाँले सामाजिक सेवा र स्वास्थ्यसम्बन्धी कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो।
दमक नगरपालिका–७ का वडा अध्यक्ष पौडेलले महिलाको नेतृत्वमा सञ्चालन भइरहेको संस्थालाई स्थानीय तहबाट समेत आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो। त्यस्तै, दमक नगरपालिका–२ का वडा अध्यक्ष सापकोटाले वडाले संस्थालाई सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
श्री गजकाली मन्दिर सामाजिक सेवा समितिकी अध्यक्ष निर्मला खत्वडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिकी सचिव सुशीला नेपाल भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा स्थानीय महिला तथा समितिका पदाधिकारी, सदस्य र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

झापा । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ झापा क्षेत्र नं. ५ क्षेत्रीय समितिले कमल गाउँपालिका–६, गेउरिया चोकमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ।

संघका क्षेत्रीय अध्यक्ष गोपालबहादुर निरौलाको अध्यक्षता तथा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले देशमा बाढी तथा विपद्का कारण नागरिक पीडामा रहेका बेला रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो। उहाँले यस्ता सामाजिक कार्यमा कमल गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रमकी विशिष्ट अतिथि कमल गाउँपालिका उपाध्यक्ष प्रमिला नेउपाने तिवारीले भूतपूर्व सैनिकहरू सेवाबाट अवकाश लिए पनि देश र समाजप्रतिको सेवा भावबाट पछि नहटेको बताउनुभयो। उहाँले भूतपूर्व सैनिक संघले आयोजना गरेको रक्तदानजस्तो सामाजिक कार्यमा गाउँपालिका र व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल रेडक्रस सोसाइटी उपशाखा दमक रक्तसञ्चार विभाग प्रमुख सिद्धार्थ दाहालले रक्तदानको महत्व र आवश्यकता बारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा संघका झापा अध्यक्ष क्रान्तिबहादुर कार्की, कमल गाउँपालिका उपाध्यक्ष प्रमिला नेउपाने तिवारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमक रक्तसञ्चार विभाग प्रमुख सिद्धार्थ दाहाल, दमक तेक्वान्दो डोजाङका अध्यक्ष जीतबहादुर (जितु) धिमाललगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन भएको संघका सचिव बलराम धिमालले जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालनसमेत सचिव धिमालले गर्नुभएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।