
बाह्रदशी जेसीजले जेसीज सप्ताह–२०२६ आयोजना गर्ने भएको छ। जेसीज सप्ताहअन्तर्गत महिला शिक्षक प्रशिक्षण, स्थानीय व्यवसाय प्रवर्द्धन, मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, देउसी–भैलो, उद्घोषण तथा स्वर सीप प्रशिक्षण र वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ।
आयोजकले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार कात्तिक २५ गते उद्घाटन समारोह तथा खुला रक्तदान कार्यक्रमबाट सप्ताहको सुरुवात हुनेछ। सोही दिन महिला शिक्षक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन हुनेछ। कात्तिक २६ गते स्थानीय व्यवसाय प्रवर्द्धन, २७ गते मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, २८ गते उद्घोषण तथा स्वर सीप प्रशिक्षण र देउसी–भैलो कार्यक्रम आयोजना गरिनेछ।
त्यस्तै, कात्तिक २९ गते जेसीज सप्ताहको समापन समारोह तथा सांस्कृतिक कार्यक्रम र मंसिर २ गते वक्तृत्वकला प्रतियोगिता तथा समापन समारोह आयोजना गर्ने कार्यक्रम तालिकामा उल्लेख छ।
सप्ताहव्यापी कार्यक्रममार्फत नेतृत्व विकास, सीप अभिवृद्धि, स्थानीय व्यवसाय प्रवर्द्धन तथा सामाजिक सहभागिता बढाउने लक्ष्य राखिएको छ।
कार्तिक झापा , कमल / झापाको कमलमा ट्रकको ठक्करबाट शिवसताक्षी ८ का एक युवकको मृत्युु भएको छ । शुक्रबार साँझ अन्दाजी ६ः५५ बजे कमल गाउँपालिका ५ साबित्रा चोकस्थित पूर्व पश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्र.न. १–०१– ००१४ प ६४८९ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको ना ६ ख ५२०२ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका ८ का २९ वर्षीय सागर तिमल्सिना घाइते भएका थिए । उनलाई उपचारको लागि कन्काई नगर अस्पताल सुरुङगामा पुर्याईएको थियो । चिकित्सकले ७ः३० बजे मृत घोषणा गरेका थिए ।
ट्रक चालक धनुषा धनुषाधाम नगरपालिका ५ नौसय बिगाह बस्ने बर्ष २८ का शिवशंखर महतो र दुबै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।





