Author: Multi Media

  • डाक्टर लेखनाथ न्यौपानेको जन्म उत्सवमा जेहेन्दार विद्यार्थीलाई नगदसहित शैक्षिक सामग्री सहयोग

    डाक्टर लेखनाथ न्यौपानेको जन्म उत्सवमा जेहेन्दार विद्यार्थीलाई नगदसहित शैक्षिक सामग्री सहयोग

    दमक / डाक्टर लेखनाथ न्यौपानेको जन्म उत्सवको अवसरमा जीवन चक्र समाज नेपालले एक जेहेन्दार विद्यार्थीलाई नगद र शैक्षिक सामग्री प्रदान गरेको छ। आफ्नो अध्ययनसँगै घरको जिम्मेवारी वहन गरिरहेकी ती विद्यार्थीलाई रु ३,००० नगद, स्कुल ब्याग, कपी, कलमसहित शैक्षिक सामग्री सहयोग स्वरूप प्रदान गरिएको हो।

    उक्त सहयोग जीवन चक्र समाज नेपालका कार्यसमिति सदस्य डा. लेखनाथ न्यौपाने र संस्थाका आजीवन सदस्य गणेश प्रसाद न्यौपानेले संयुक्त रूपमा गर्नुभएको हो।

    त्यसैगरी, संस्थाको झन्डै दुई वर्षको अनुभवसहित विभिन्न गतिविधिमा निरन्तर सहभागी हुँदै आउनुभएका पत्रकार सुजन गौतमलाई संस्थाको आजीवन सदस्यता प्रदान गरिएको छ। उनलाई सदस्यता प्रमाणपत्र, ब्याच तथा टिसर्ट पनि प्रदान गरिएको हो।

    कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले संस्थालाई १० थान पुस्तक हस्तान्तरण गर्नुभयो। उहाँले “संस्थाले जन्मदेखि मृत्यु संस्कारसम्म समाजका लागि पुस्तक निर्माण गरेर ठूलो काम गरिरहेको छ, यसले थप सहयोग गर्न उत्प्रेरणा मिलेको छ” भन्दै शुभकामना व्यक्त गर्नुभयो।

    त्यस्तै, समाजका गतिविधि नजिकबाट नियाल्दै आउनुभएका प्रदीप न्यौपानेले संस्थाको साधारणसभा तयारीका लागि १ हजार नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा समाजसेवी तथा व्यवसायी केदारनाथ घिमिरेले जीवन चक्र समाज नेपालले समाजसेवामा पुर्‍याउँदै आएको योगदान उल्लेख गर्दै संस्थाले अझ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    जन्मोत्सवकै अवसरमा डा. लेखनाथ न्यौपानेले संस्थाको कोठा भाडा वापत एक महिनाको रु २,००० समेत प्रदान गर्नुभएको छ। कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्यहरू, स्थानीय समाजसेवीहरू, पत्रकारलगायतको उपस्थिति रहेको थियो।

  • दमक क्याम्पस साहित्यिक मञ्चले गर्‍यो अन्तर संकाय वकृत्वकला प्रतियोगिता

    दमक क्याम्पस साहित्यिक मञ्चले गर्‍यो अन्तर संकाय वकृत्वकला प्रतियोगिता

    दमक / दमक बहुमुखी क्याम्पसअन्तर्गत साहित्यिक मञ्चको आयोजनामा “युवाशक्ति: देश परिवर्तनको चालक” भन्ने मूल नारासहित अन्तर संकाय वक्तृत्वकला प्रतियोगिता बिहीबार भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रमको अध्यक्षता मञ्च अध्यक्ष पार्वत बस्नेतले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा दमक नगरपालिका वडा नं. ९ का अध्यक्ष कुबेर भट्टराईको उपस्थिति रहेको थियो। विशिष्ट अतिथि तथा सम्माननीय व्यक्तिका रूपमा स्ववियु दमक बहुमुखी क्याम्पसका अध्यक्ष भुपेन्द्र बस्नेत, सचिव राकेश खड्का तथा कोषाध्यक्ष प्रीति मगर सहभागी थिए।

    निर्णायक मण्डलमा सहायक प्रमुख रामप्रसाद भण्डारी र प्राध्यापक डा. व्यञ्जना शर्मा रहेका थिए। प्रतियोगितामा १० जना भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

    प्रतिस्पर्धामा +२ विज्ञान संकायका अंशु बिष्ट प्रथम, बिबिएस संकायका शान राई द्वितीय तथा +२ व्यवस्थापन संकायका निकेस विश्वकर्मा तृतीय स्थान प्राप्त गर्न सफल भए।

    कार्यक्रमको अन्त्यतिर आयोजक मञ्चले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सम्पूर्ण प्रतिस्पर्धी, निर्णायक मण्डल, दर्शक, आयोजक टिम तथा सहयोगी पक्षहरूलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको थियो।

    यसै अवसरमा साहित्यिक मञ्चद्वारा स्ववियुका निर्वाचित पदाधिकारीहरू अध्यक्ष भुपेन्द्र बस्नेत, सचिव राकेश खड्का र कोषाध्यक्ष प्रीति मगरलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको थियो।

    कार्यक्रमको समापनमा अध्यक्ष पार्वत बस्नेतले “कलाको सम्मान, साहित्यको सम्मान र युवा प्रतिभाको उजागर हाम्रो अभियान हो” भन्ने भावपूर्ण मन्तव्य प्रस्तुत गर्नुभएको थियो।

  • रोटरी क्लब अफ दमककाे वार्षिक कार्ययोजना सार्वजनिक

    रोटरी क्लब अफ दमककाे वार्षिक कार्ययोजना सार्वजनिक

    दमक / रोटरी क्लब अफ दमकले आगामी वर्ष २०८२/८३ का लागि वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ। क्लबले शिक्षा, स्वास्थ्य, शान्ति, सरसफाइ, वातावरण संरक्षण, महिला सशक्तीकरण, आर्थिक सशक्तीकरण लगायतका ७ मुख्य क्षेत्रलाई प्राथमिकतामा राख्दै करिब २८ लाख रुपैयाँ बजेटसहितको योजना अघि सारेको हो।

    रोटरी क्लब अफ दमकले सेवा, समर्पण र समावेशीताको भावनालाई आत्मसात् गर्दै आगामी एक वर्षका लागि प्रत्येक महिनामा फरक-फरक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। क्लबले बिहिबार पत्रकार सम्मेलन गरेर आगामी एक बर्ष भित्र सञ्चालन गर्ने सामाजिक सेवाका कामहरु बारेमा जानकारी गराएको थियो ।

    शान्ति र द्वन्द्व समाधान,रोग निवारण र उपचार,स्वच्छ पानी र सरसफाइ,आमा तथा बाल स्वास्थ्य,शिक्षा र साक्षरता,आर्थिक विकास र सशक्तीकरण, वातावरण संरक्षण मुख्य योजना तथा कार्यक्रमहरू रहेको रोटरी क्लबका पूर्व अध्यक्ष तथा क्लबका सर्भिस प्रोजेक्टर अध्यक्ष सन्दीप चापागाइँ दिपुले बताउनुभयो ।

    रोटरी क्लबका अध्यक्ष अग्रवालले पोलियो निर्मुलीकरण, स्वास्थ्य शिविर, रक्तदान सहित स्वास्थ्य चेतनाका कार्यक्रमहरु गरिने जानकारी दिनु भयो । त्यस्तै मातृ तथा बाल स्वास्थ्य तर्फ सुरक्षित प्रसुति, पोषण , खोप कार्यक्रम आदी सञ्चालन गरिने जनाइएको छ ।

    दमकमा स्थापनाकालदेखिनै सक्रिय भुमिका निर्वाह गर्दै आएको संस्थाले दमकमानै पहिलो पटक मिर्गौलाका बिरामीहरुका लागि डयलोसिस सेवा सञ्चालन गरिरहेको र दमकको एक निजी अस्पतालसँगको साझेदारीमा सञ्चालित सो सेवाबाट दैनिक १४ देखि १६ जना सम्म बिरामीहरुले सेवा लिइरहेका रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष समेत विक्रमकुमार साहले जानकारी दिनुभयो ।

    लाइफलाइन अस्पताल दमकसँगको साझेदारीमा सञ्चालित सो सेवा दमक र आसपास क्षेत्रका लागि पयाृप्त नभएकाले थप विस्तारको योजना रहेको समेत उहाँले बताउनु भयो । सो अवसरमा क्लबका पूर्व अध्यक्षहरु नविन श्रेष्ठ, लगायत रोटरीमा क्रियाशील व्यक्तित्वहरुले रोटरीको कार्यक्षेत्र, योजना र यसबाट समाजमा पुगेको योगदान आदीका बिषयमा जानकारी गराउनु भएको थियो ।

    रोटरी क्लब अफ दमकले स्थानीय तहसँग समन्वय गर्दै आगामी दिनमा पनि समाजसेवामार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाएको छ। कार्यक्रम केशवकुमार अग्रवालकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • छथर गाउँपालिकाको लोकप्रिय कार्यक्रम : जन्म देखी मृत्यु सम्म नागरिकको साथमा

    छथर गाउँपालिकाको लोकप्रिय कार्यक्रम : जन्म देखी मृत्यु सम्म नागरिकको साथमा

    बिनोद भट्टराई / तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिकाले नागरिकहरुलाई प्रत्यक्ष रुपमा दीर्घकालिन फाइदा पुग्नेगरी विभिन्न लोकप्रीय कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । पालिकाले नागरिकहरुको जन्म देखी मृत्यू सम्म साथमा रहेको आभास दिलाउनको लागी विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको हो ।

    गाउँपालिकाले विगत बर्षहरु देखिनै जनता आवास जस्तापाता अनुदान, भोका नागरिकहरुलाई खाना कार्यक्रम, विपन्न नागरिक खाद्य रोजगारी, उज्यालो छथर कार्यक्रम संचालन गर्दै आएको छ । सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको अगुवाईमा बालबालिका जीवन सुरक्षा कार्यक्रम, जेष्ठ नागरिक एकल पुरुष सम्मान कार्यक्रम, मलामी खाजा सहयोग कार्यक्रम जस्ता कार्यक्रमहरु संचालनमा रहेको शाखा प्रमुख रोशन कार्कीले जानकारी दिनुभएको छ ।

    साथै आ.व. २०८२/०८३ देखी लागुहुनेगरी उज्यालो छथर कार्यक्रम अन्तर्गत ३ वटा कार्यक्रम थप गरेकोछ । छथर गाउँपालिकाका सम्पुर्ण नागरिकले प्रयोग गरेको न्युनतम विद्युत महशुल रू ३० रूपैयाँ पालिका बाटै तिर्ने, विपन्न परिवारहरूमा कालोतार, वेयरिङ्ग सामग्री दिने र शुक्रबारे बजारमा ब्यावसाय डिजिटल वोर्ड राख्ने व्यवसायीहरुलाई ५० प्रतिशत साझेदारी गर्ने ।

    बालबालिका जीवन सुरक्षा कार्यक्रम
    आ.व. २०८१/०८२ बाट संचालन गरिएको हो । यो कार्यक्रम बाट आ.व. २०८१/०८२ देखी जन्मने हरेक शिशुले यो सेवा पाउनेछन् । यो कार्यक्रम अन्तर्गत बालबालीका जन्मने वितिकै अभिभावक संरक्षक रहि बैंक खाता खोलेर पालिकाको तर्फबाट ५ हजार प्रदान गर्ने, हरेक बर्षको व्याज साँवामा गाभिने, सो रकम १८ बर्ष सम्म सुरक्षित रहने गरिको व्यवास्था हुने, अभिभावकले समेत बालबालीकाको जन्मदिन पास्नी तथा अन्य कुनै श्रोत बाट आएको उपहार रकम जम्मा गर्न सकिने साथै यो कार्यक्रममा सहभागि भएका हरेका बालबालीकाको खातामा उनिहरु १८ बर्ष पुग्दा करिब ५ लाखको कोष निमार्ण गरी बालबालीकाको उच्च शिक्षा, तथा व्यवसायमुलक क्षेत्रमा लगानि गर्नेगरीको आवधारण अघिसार्दै उक्त रकम बच्चाले नागरिकता प्राप्त गरिसकेपछी मात्र ब्याज सहित चलाउन पाउने व्यबस्था सहित पालिकाले यो कार्यक्रम लागु गरेको छ । आ.व. २०८१/०८२ मा यो कार्यक्रम बाट ४७ जना बालबालिकाले सेवा लिइ सकेका छन् ।

    आ ब ०८२/०८३ का लागि कार्यक्रम मार्फत हरेक दम्पतीको पहिलो सन्तानको हकमा शिशुको नाममा खाता खोली रु ५ हजार जम्मा गरिदिने, दोस्रो सन्तानको हकमा आमालाई प्रोत्साहन स्वरुप रु ५ हजार दिने सहित शिशुको नाममा खाता खोली रु ५ हजार जम्मा गरिदिने, तेस्रो तथा सो पछिको सन्तानको हकमा आमालाई प्रोत्साहन स्वरुप रु १० हजार दिने सहित शिशुको नाममा खाता खोली रु १० हजार जम्मा गरिदिने ब्यबस्था समेत थप भएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो ।

    जेष्ठ नागरिक एकल पुरुष सम्मान कार्यक्रम
    विभिन्न कारणले श्रीमती साथमा नभई एकल भएका तथा राज्यको सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेका जेष्ठ नागरिक पुरुषहरुलाई औषधि उपचार तथा पोष्टिक आहार ब्यवस्थापनका लागि पालिकाले मासिक रु १ हजार प्रोत्साहन सहित सम्मान गर्दै आएको छ । यो बर्ष पालिकाले ५४ जना जेष्ठ नागरिक एकल पुरुषहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

    मलामी खाजा सहयोग कार्यक्रम
    यस्तै गाउँपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकहरुको निधनमा मलामीहरुको खाजा खर्चमा सहयोग पुर्याउने ध्येयले परिवारलाई पालिकाले रु ५ हजार प्रदान गर्दै मलामी खाजा सहयोग कार्यक्रम संचालन गरेको छ ।

    गाउँकार्यपालिकाबाट आबस्यक कार्यबिधि निर्माण गरि सो बमोजिम संचालित यस्ता कार्यक्रमबाट नागरिकहरुको जन्मदेखि जीवनभर र मृत्यू संस्कारसम्म स्थानीय सरकारको प्रत्यक्ष उपस्थिती र अभिभावकत्व भएको आभास हुने र नागरिकहरुलाई दीर्घकालीन फाइदा पुग्ने कुरामा जोड दिदै अध्यक्ष लिम्बुले पालिका भित्र बसोबास गर्ने सबै नागरिकहरुलाई कम्तीमा राज्यको कुनै न कुनै कार्यक्रमसंग जोड्ने र प्रत्यक्ष सहयोग पुर्याउने लक्ष्य लिइएको बताउनुभयो ।

    यसका साथै पालिकामा दीर्घरोगी औषधि उपचार सहयोग, जेष्ठ नागरिक घरदैलो उपचार तथा गाउँपालिका साथी लौरो वितरण, बसाइसरी आउनेलाई अनुदान, नवजात शिशु स्वागत तथा उपहार, उपाध्यक्ष आयआर्जन अनुदान, कृषि यान्त्रिकरण तथा बीउ अनुदान लगायत अन्य कार्यक्रमहरु विभिन्न विषयगत शाखाहरुबाट संचालन हुँदै आएका गाउँपालिकाले जनाएको छ ।

  • झापामा शुरु भयो समाजवादी आशाको निर्माण

    झापामा शुरु भयो समाजवादी आशाको निर्माण

    बिर्तामोड / नेकपा (एकीकृत समाजवादी)ले झापाका १५ वटै पालिकामा विपन्न आवास पुर्नरनिर्माण अभियान सञ्चालन गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसर पारेर आज (बुधवार) भद्रपुर नगरपालिकाबाट अभियान शुरु गरिने भएको छ ।
     
    अभियान अन्तरगत झापाका प्रत्येक पालिकामा एक÷एक वटा विपन्नको आवास पुर्नरनिर्माण गरिने पार्टीका युवा नेता तथा अभियान संयोजक वासु दुलालले जानकारी दिए । उनका अनुसार आज भद्रपुरबाट अभियानको उद्घाटन गरी निरन्तरता दिइनेछ । नेकपा एस झापाको आयोजनामा शुरु गरिने अभियानको उद्घाटन पार्टीका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज पुष्प पोखरेलले गर्ने बताइएको छ ।

    उद्घाटन कार्यक्रममा नेकपा एस झापाका अध्यक्ष विपी भट्टराईसहित केन्द्रिय सदस्य, प्रदेश सदस्य, नगर कमिटी, वडा कमिटी साथै पार्टीका नेता तथा कार्यकर्ताको सहभागीता रहने बताइएको छ । ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मुल नाराका साथ अभियान शुरु गरिएको अभियान संयोजक दुलालले बताए ।

    देशभर नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस मनाउने भएका छन् ।

  • दमकमा पुष्पलाल स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    दमकमा पुष्पलाल स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    झापा, दमक — नेपाल कम्युनिस्ट पार्टी (एमाले) दमक नगर कमिटीको आयोजनामा पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। दमक–२ स्थित हंसे दुम्से सामुदायिक वन बाटिकाको उत्तरपट्टि आयोजित कार्यक्रममा ३५० वटा फलफुलका बिरुवाहरू रोपिएको थियो ।

    वन क्षेत्रभित्र विगतमा काटिएका रूखका कारण खाली बनेको स्थानलाई हरियाली बनाउन वृक्षारोपण कार्यक्रम गरिएको र वन खाली नराख्ने र फलफुल उत्पादनको माध्यमबाट वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य रहेको नेकपा एमाले दमकनगर कमिटी अध्यक्ष राम पौडेलले बताउनुभयो।बर्ष अगाडि राेपेका हस्से दुस्से बन क्षेत्रमा बिरुवा हरु अहिले रुखमा परिणत भएको उदाहरण प्रतक्क्ष हेर्न सकिने पनि उहाँले बताउनुभयो ।

    वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका कोशी प्रदेश सचिवालय सदस्य तथा माननीय होम बहादुर थापा, कोशी प्रदेश सदस्य अम्बिका खनाल, दमक नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिपेश दाहाल , दमक नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कुबेर भट्टराई , राष्ट्रिय युवा सङ्घ दमक नगर कमिटी अध्यक्ष छवि खतिवडा, नेकपा एमाले दमक नगर कमिटीका पदाधिकारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा एमाले दमक नगर कमिटीका अध्यक्ष राम पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

  • दमकमा शुद्ध जल तथा फलफूल वितरण कार्यक्रम सम्पन्न, समाजसेवामा युवाहरुको सक्रियता

    दमकमा शुद्ध जल तथा फलफूल वितरण कार्यक्रम सम्पन्न, समाजसेवामा युवाहरुको सक्रियता

    दमक, झापा – सामाजिक सेवा र मानवियताका लागि युवाहरुको सक्रियतामा डायनामिक पब्लिक लाइब्रेरी ( डिपीएल ) दमक शाखा र लियो क्लब अफ दमक बिग बुद्ध को संयुक्त आयोजनामा शुद्ध जल तथा फलफूल वितरण कार्यक्रम दमक–५ स्थित धनेश्वर मन्दिर परिसरमा सम्पन्न भएको छ।

    धार्मिक आस्था र समाजसेवाको भावना समेटिएको यस कार्यक्रमको नेतृत्व अश्विन तिम्सिनाले गरेका थिए भने संयोजन अर्जुन निरौलाले गरेका थिए। कार्यक्रम बिहानैदेखि सुरु भई मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरूलाई शुद्ध पिउने पानी र ताजा फलफूल वितरण गरिएको थियो।

    कार्यक्रममा ( डि पि एल ) नेपालका वरिष्ठ उपाध्यक्ष दिवश खातीवडा, उपाध्यक्ष जीवन सापकोटा, अभिभावक बोर्ड कोषाध्यक्ष सन्दीप (दिपु) चापागाईं, संस्थापक अध्यक्ष विनोद उप्रेती, लियो जिल्ला तर्फबाट अभिषेक भगत, रोटर्याक्ट तर्फबाट विरोध सुवेदी, तथा समाजसेवी पर्वत बस्नेत लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    यस्ता कार्यक्रमले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै युवापुस्तामा सेवा, सहकार्य र नेतृत्वको भावना विकास गर्न उल्लेखनीय योगदान पुर्‍याउने विश्वास लिइएको छ। मन्दिरमा आएका भक्तजनहरुले पनि यस्ता सकारात्मक कार्यको खुलेर प्रशंसा गरेका थिए ।