कमल गाउँपालिकाद्वारा नदीजन्य सामग्री उत्खनन् र संकलनमा रोक
Sujan Gautam
काठमाडौं
calendar_today
17 June 2026
दमक । झापाको कमल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने खोलाहरूबाट नदीजन्य सामग्री उत्खनन्, संकलन र ढुवानी कार्यमा पूर्ण रोक लगाएको छ । गाउँ कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका अनुसार कमल गाउँपालिकाको पूर्व र पश्चिम तर्फ रहेका कमल र रतुवा
खोलाबाट साधारण निर्माणमुखी नदीजन्य सामग्री निकाल्न बन्द गरिएको हो ।
अर्को व्यवस्था नहुन्जेलसम्मका लागि यो रोक कायम रहने सूचनामा उल्लेख छ । गाउँपालिकाले यस निर्णयको अवज्ञा गरी कसैले नदीजन्य सामग्री उत्खनन्, संकलन वा ओसारपसार गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।



