Wednesday, June 17, 2026
ताजा अपडेट कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट ( पूर्णपाठ) • कमल गाउँपालिकाद्वारा नदीजन्य सामग्री उत्खनन् र संकलनमा रोक • झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ • पाथीभरामा जेठमा ८ हजार दर्शनार्थी, ४६ लाख भेटी संकलन • बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग • गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु • एम्बाप्पेको ऐतिहासिक कीर्तिमानसँगै फ्रान्सको शानदार जित • खाँदबारीमा कैदी हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला
home होम chevron_right अर्थ/विकास मुख्य-समाचार राजनीति समाचार समाज हाम्रो दमक chevron_right कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट ( पूर्णपाठ)

कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट ( पूर्णपाठ)

Sujan Gautam काठमाडौं
calendar_today 17 June 2026

दमक । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले उक्त आकारको बजेट ल्याएका हुन् । जसमा चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पूँजीगत तर्फ २० अर्ब ७५ करोड ९९ लाख र वित्तीय व्यवस्था तर्फ १५ करोड, वित्तीय हस्तान्तरण ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ रहेको छ । यो बजेट चालू आर्थिक वर्षको भन्दा १२।७४ प्रतिशतले बढी हो ।

मन्त्री लिङ्थेपले उक्त खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड, संघबाट आउने वित्तीय समानीकरणबाट ९ अर्ब १२ करोड, सशर्त अनुदान ५ अर्ब ९५ करोड, समपुरक ६४ करोड, विशेष अनुदान ५५ करोड, रोयल्टीबाट प्राप्त हुने रकम ४१ करोड, सोझै भुक्तानीबाट २० करोड र बाँकी अपुग रकम नगद मौज्दातबाट ५ अर्ब व्होरिने उल्लेख गरे ।

सम्बन्धित समाचार