दमक । कमल गाउँपालिका–२ मा निर्माणाधीन प्रशासनिक भवनको दोस्रो तल्लाको ढलान कार्य आज साझ ९:३० बजे सम्पन्न भएको छ। निर्माण कार्यको गुणस्तर सुनिश्चित गर्न गाउँपालिका अध्यक्ष हुकुम सिँह राई स्वयं प्राविधिक टोलीसहित बारम्बार स्थलगत निरीक्षणमा खटिनु भएको थियो।
अध्यक्ष राईको सक्रिय नेतृत्व, निरन्तर अनुगमन र ठेकदार तथा इन्जिनियरहरूसँग समन्वयकै कारण ढलान कार्यमा देखिएको ढिलाइका बाबजुद पनि गुणस्तरीय काम सम्पन्न भएको हो।
निर्माण कम्पनीका अनुसार, विगतमा मौसम प्रतिकूल भएकाले समयमै ढलान कार्य सुरु गर्न कठिनाइ भएको थियो। तर, पछिल्लो दिन मौसम अनुकूल भएपछि साझपख ढलान कार्य सुरु गरिएको र काम सन्तोषजनक रहेको जानकारी दिइएको छ।
अध्यक्ष राईले भने, “गाउँपालिकाको भौतिक पूर्वाधार सुदृढ बनाएर नागरिकलाई प्रभावकारी सेवा दिन यो भवन निर्माण भइरहेको हो। निर्धारित समयमै कार्य सम्पन्न गर्न कुनै कसर बाँकी राखिने छैन।”
कमल गाउँपालिकावासीलाई सेवा प्रवाहको सुदृढ माध्यमका रूपमा रहेको यो भवन निकट भविष्यमा पूर्णरूपमा सम्पन्न भई संचालनमा आउने अपेक्षा गरिएको छ।