• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, माघ ०८, २०८२
बुधबार, माघ ०८, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

लोकप्रिय समाचार

  • १. राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

  • २. दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

  • ३. दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

  • ४. दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

  • ५. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ६. कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

  • ७. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ८. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

  • ९. गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

  • १०. झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

म पत्रकार बनेको थिइन भने एउटा राम्रो शिक्षक वा बैंकर्स बन्ने थिए’ – पत्रकार गञ्जबहादुर दाहाल

दमक / प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रममा झापाका अग्रज पत्रकार गञ्जबहादुर दाहालले पत्रकारिताका अनुभव र प्रेरणादायी भोगाईहरु नयाँ पुस्ताका पत्रकारहरु माझ सुनाउनु भएको छ ।

चौतारीको झापा शाखाले गत वैशाखदेखि सञ्चालन गर्दै आएकाे‘अग्रजलाई सुनौं’ कार्यक्रम अन्तर्गत याे दोस्रो श्रृंखलामा मुख्य वक्ताको रुपमा दाहाललाइ आमन्त्रित गरिएकाे हाे । बिगत ५० वर्ष अघिदेखि झापालाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील दाहाल दमकबाट प्रकाशित हुने पूर्वसन्देश दैनिकका प्रधान सम्पादन तथा प्रकाशन हुन् ।

लेटर प्रेस हुँदै पत्रकारितामा प्रवेश गर्नुभएका दाहालले पत्रकारितामा भविष्य रहेको बताउनुभयो ।पत्रकारिताबाटै जीवनमा सामाजिक र आर्थिक उन्नति गरेको बताउँदै उहाँले नयाँ पुस्तालाई नयाँ ढंगबाट निष्ठापूर्वक निरन्तर काम गर्न सुझाव दिनुभयो । नयाँ पत्रकारहरुले पुरानै शैली अपनाइयो भने यो क्षेत्रमा प्रगति गर्न नसकिने उहाँको भनाई थियो ।

पत्रकारितामा प्रवेश गरेको केहि समयपछि मात्रै पेशाको बारेमा जानकारी पाएको बताउनुभयो । ‘काम गर्दै गएपछि मात्रै पत्रकारिताको बारेमा थाहा भयो,’ उहाँले थप्नुभयो ।अग्रजलाई सुन्न सहभागी नयाँ र अघिल्लो पुस्तासँग दाहालले पत्रकारितामा आफू नआएको भए बैंकिङ वा शिक्षण क्षेत्रमा जाने सम्भावना रहेको सुनाउनु भयो ।‘म पत्रकार बनेको थिइन भने एउटा राम्रो शिक्षक वा बैंकर्स बन्ने थिए,’ उहाँले भन्नुभयो –‘सुरु सुरुमा सम्मान पाएकै कारण पत्रकारितामा प्रेरित भएर लागियो । पछि त जीवन निर्वाह सहज हुनेगरी आर्जन पनि गरियो ।’

मासिक १२५ रुपैयाँमा शिक्षण समेत गर्नुभएका दाहालले अहिलेका पत्रकारहरुको लेखाईमा धेरै प्रभाव नरहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– ‘पहिले सानो समाचार बनाउँदा पनि ठुलै प्रभाव पर्ने थियो, अहिले पहिले जस्तो छैन ।’

कुनै पनि पेशामा निरन्तरता दिए मात्रै सफलता प्राप्त गर्न सकिने पत्रकार दाहालको धारणा छ । उहाँले भन्नुभयो– ‘निरन्तरताको मिहेनतले नै पूर्वसन्देश र मेरो पत्रकारिता सफल भएको हो । आज पनि मेरो पहिलो प्राथमिकता पत्रिकाकै काममा हुन्छ ।’

छापा पत्रकारिताको युग सकियो कि भन्ने टिप्पणीप्रति दाहालले असहमति जनाउँदै अझै पनि भविष्य रहेको बताउनु भयो । विज्ञापन र ग्राहक शुल्कबाट व्यवसायलाई अघि बढाइरहेको सुनाउनुभयो ।०६२/६३ को आन्दोलनहरुलाई स्मरण गर्दै शाही सेना र माओवादी विद्रोहीको दोहोरो दवदवा रहेका अवस्थामा समाचारमा सन्तुलन ल्याउनु चुनौतिपूर्ण रहेको विषयमा रोचक प्रसंगहरु सुनाउनु भएको थियो ।

दुई पटक प्रहरीले पत्रिका र छापाखानामा छापा मारे पनि पत्रिकार र छापाखानाको काम बन्द नगरेको उहाँले सुनाउनुभयो । पत्रिकामा आम नागरिकलाई धेरै विश्वास हुने भन्दै उहाँले पत्रकारहरुलाई खोज समाचारमा लाग्न आग्रह समेत गर्नुभयो ।झापामा अग्रज पत्रकारहरुको जीवन अनुभव, पत्रकारिता क्षेत्रमा गरेका संघर्षहरु सुन्नका लागि प्रेस चौतारी नेपाल झापाले सुरु गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रम प्रभावकारी रहेको सहभागीहरुले बताएका छन् ।

कार्यक्रमको अध्यक्षता गर्नुभएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियारले अग्रज पुस्ताका अनुभव र भोगाइहरु नयाँ पुस्ताका लागि प्रेरणादायी हुने भएकाले हरेक तीन–तीन महिनामा कार्यक्रमलाई नियमित गरिने बताउनुभयो ।कार्यक्रममा अग्रज पत्रकार दाहाललाई सहभागीहरुले विभिन्न जिज्ञासा समेत राख्नु भएको थियो । दाहालले जिज्ञासाहरुको उत्तर दिनु भएको थियो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका सहइञ्चार्ज गोपाल काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज माधव विद्रोही, केन्द्रीय सदस्यहरु सावित्रा दाहाल, शम्भु दाहाल, फाँट इञ्चार्ज मनकुमार गदाल, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

लोकप्रिय

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

ताजा

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन
  • दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :