दमक, साउन १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दमक नगर अधिवेशन यही आउँदो साउन २४ गते हुने भएको छ । अधिवेशनमा अध्यक्ष पदका लागि चार जना आकांक्षी रहेका छन् ।
दमक नगर अध्यक्ष पदका आकांक्षीहरूमा हेम सुवेदी, राजकुमार योङ्ग्या, तारा अधिकारी र नेत्र चौलागाईं रहेका छन् । पार्टीको १० वटै वडामा वडा अधिवेशन सम्पन्न भइसकेको र नगर अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
नगर अधिवेशनमा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य रहनेछ । दमकमा राप्रपाको संगठन सुदृढ बनाउन र नेतृत्व चयन गर्नका लागि अधिवेशन महत्वपूर्ण मानिएको छ । अधिवेशनमा कार्यकर्ता, शुभेच्छुक र नेताहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ ।