साउन २५ , दमक / दमकस्थित मुख्य कार्यालय रहेकाे मेची बहुउद्देश्यीय सहकारी संस्था लि काे सञ्चालक समितिकाे साताै कार्यकालका लागि भएकाे निर्वाचनबाट अध्यक्षमा पुनः नारायण प्रसाद भट्टराई निर्वाचित भएका छन् ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले २०८२ काे सहकारी मापदण्ड जारी गरेसँगै सञ्चालक समितिकाे संख्या अधिकतम ९ जनाकाे हुनुपर्ने व्यवस्था गरेकाे छ । सहकारीले पनि प्राधिकरणले व्यवस्था गरे अनुसार पुरानाे १५ जनाकाे सञ्चालक समितिकाे संख्या घटाएर ९ जनाकाे सञ्चालक समिति बनाएकाे छ ।
शनिबार भएकाे निर्वाचन कार्यक्रमबाट आगामी ४ वर्षे कार्यकालका लागि सञ्चालक समितिकाे अध्यक्षमा नारायणप्रसाद भट्टराई, वरिष्ठ उपाध्यक्षमा पदम थापा, महिला उपाध्यक्षमा मीनाकुमारी काेइराला, सचिवमा राजेन्द्रप्रसाद दाहाल, सदस्यहरुमा काशीनाथ थपलिया, डिल्लीप्रसाद न्याैपाने, सीता कार्की, गणेशबहादुर तामांग, नर्वदा उप्रेती र लेखा सुपरिवेक्षण समितिकाे संयाेजकमा पुन हरिप्रसाद चापागाई र सदस्यहरुमा कृष्णप्रसाद दाहाल, मञ्जु फुयाल सर्वसम्मत निर्वाचित भएका हुन् ।