भदौ ३, दमक / मंगलबार दमकमा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।दमकको पशुहाट डाँडामा बन्दाकोपि बोकेको मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका–५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उहाँ आफ्नै श्रीमान् सुकदेव गौतमले चलाएको मोटरसाइकलको पछाडि सवार हुनुहुन्थ्यो। दुर्घटनामा मोटरसाइकल चालक सुकदेव घाइते भई उपचारका लागि दमक अस्पताल पठाइएको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रकका चालक तेह्रथुमका २५ वर्षीय आङदावा शेर्पा सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।