• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, माघ ०९, २०८२
बिहीबार, माघ ०९, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

लोकप्रिय समाचार

  • १. राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

  • २. दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

  • ३. दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

  • ४. दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

  • ५. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ६. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ७. कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

  • ८. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ९. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

  • १०. दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमकमा सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न

दमक, भदौ १३ – झापाको दमकस्थित सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाले शनिबार दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। मारवाडी सेवा समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रेमकुमार कोइराला रहनुभएको थियो।

 

विशिष्ट अतिथिमा जिल्ला सहकारी सङ्घका सञ्चालक सदस्य तथा फागुनन्द सहकारी संस्थाका अध्यक्ष पदम लिम्बु, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष तुलाराम न्यौपाने लगायतको उपस्थिति थियो। कार्यक्रममा सीएनसी झापाका अध्यक्ष खेमप्रसाद बगाली, राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रबन्धक अर्जुन कार्की र संस्थापक अध्यक्ष प्रेमप्रसाद न्यौपानेले शुभकामना मन्तव्य राख्नुभएको थियो।

 

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष चुडामणि ओझाले कोभिड–१९ को असर, खुला सिमानाका कारण उद्योगधन्दा र व्यापार व्यवसायमा आएको मन्दी, युवा विदेश पलायन लगायतका कारण बजार सुस्त भएको बताउनुभयो। उहाँका अनुसार विगत तीन वर्ष तरलताको अभाव रहे पनि हाल बढी तरलता भएको र त्यसकै कारण वित्तीय संस्थाहरू दबाबमा परेको उल्लेख गर्नुभयो। अहिले कर्जा लगानी दर घटेको र केही सदस्यहरूको कर्जा तिर्ने क्षमता कमजोर हुँदा खराब कर्जा दर बढ्दै गएको पनि जानकारी दिनुभयो।

 

लेखा समिति संयोजकले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले विगत वर्षभन्दा नाफा घटेपनि नियमित सेवा निरन्तरता दिएको, बाह्य ऋण न्यून बनाउने नीति अपनाएको र सदस्यको पुँजी परिचालनमा जोड दिएको उल्लेख थियो।

 

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले सहकारी क्षेत्रलाई सबल बनाउन सहकार्य र मर्जर आवश्यक भएकोमा जोड दिनुभयो। यसै अवसरमा उत्कृष्ट बचत तथा ऋण कारोबार गर्ने सेयर सदस्यहरूलाई सम्मान गरिएको थियो। कार्यक्रम सहकारी अध्यक्ष चुडामणि ओझाको अध्यक्षतामा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

लोकप्रिय

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

ताजा

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन
  • दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :