असाेज ४, दमक – जीवन चक्र समाज नेपालले आफ्नो सातौं स्थापना दिवस तथा साधारण सभाबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। समाजको कार्यालयमा भएको कार्यक्रममा नेपाल सोसाइटी उपशाखाका सचिव घनश्याम कोइरालाको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रम निर्वाचन समितिका संयोजक देवीप्रसाद गुरागाई गोपालको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन समितिका सदस्य तिलचन्द्र अधिकारीले सञ्चालन गरेका थिए। समितिका सदस्य सन्दिप दिपु चापागाईंले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा संस्थाले निर्वाचन समितिलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गरेको थियो।
कार्यक्रममा बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, उपाध्यक्ष रुवल अधिकारी, हिमालयन टाइगर दमक अध्यक्ष खगेन्द्र बजगाई, युथ फर ब्लडका मदन सापकोटा, साहित्यकार मेघनाथ बन्धु, समाजसेवी केदार चापागाईं, जेष्ठ अग्रज छविरमण न्यौपाने, पत्रकार सुजन गौतम, रक्तदाता बिष्णु शाहसहितको उपस्थिति रहेको थियो।
जीवन चक्र समाजलाई शुभकामना दिँदै क्लब हिमालयन टाइगर केन्द्रीय अध्यक्ष रेवत भन्डारी, साहित्य कला संगम अध्यक्ष बिन्दु दहाल मुकदर्शक, स्वर्ण लक्ष्मी सहकारी अध्यक्ष बिमल बराल, डा. गुरु पौडेललगायतले संस्थाको प्रगतिका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रम सचिव गणेश प्रधानले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष बेनुराज प्रसाईले गरेका थिए। कार्यक्रममा संस्थाको बिधान बमोजिम अनुशासन समिति संयोजकमा टेकनाथ भन्डारी र शिक्षा तथा स्वास्थ्य समिति संयोजकमा डा. लेखनाथ न्यौपानेलाई चयन गरिएको छ। साथै आजीवन सदस्य ओम कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ।