दमक, मङ्सिर ११ / शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (UNHCR) अन्तर्गतको साझेदार संस्था लुथरन विश्व महासंघ (LWF) ले दमक नगरपालिकालाई तथा इलाका प्रहरी कार्यालय दमकलाई आवश्यक उपकरणहरू हस्तान्तरण गरेको छ।
LWF ले दमक नगरपालिकालाई ४ थान मोटरसाइकल, १० थान डेक्सटप कम्प्युटर, २ थान प्रिन्टर, १० थान अफिस टेवल र १० थान अफिस कुर्सी उपलब्ध गराएको हो। सो उपकरणहरू नगरप्रमुख रामकुमार थापा सहितको टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
त्यसैगरी इलाका प्रहरी कार्यालय दमकलाई ५ थान मोटरसाइकल, ६ थान डेक्सटप कम्प्युटर, १ थान प्रिन्टर, ४ थान अफिस टेवल र ४ थान अफिस कुर्सी प्रदान गरिएको LWF ले जनाएको छ। उपकरणहरू प्रमुख किशोर लम्साल लाई हस्तान्तरण गरिएका हुन्।
इलाका प्रहरी कार्यालयले प्राप्त मोटरसाइकलमध्ये १ थान मोटरसाइकल ट्राफिक प्रहरी कार्यालयलाई उपलब्ध गराउने व्यवस्था गरिएको दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले जानकारी दिनुभयाे । यस सहयोगले स्थानीय सेवा प्रबाह, प्रशासनिक कार्यसम्पादन र सुरक्षा व्यवस्थामा थप सशक्तता आउने अपेक्षा गरिएको छ।






