दमक / माघ ३, दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वले आज (शनिबार) साँझ दमकमा ४५औं पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वर्ष २०२५ का अध्यक्ष सहदेव भट्टराईले वर्ष २०२६ का नवनिर्वाचित अध्यक्ष राजेन्द्र बिमलीलाई अध्यक्षको चेन पहिराएर औपचारिक रूपमा पद हस्तान्तरण गरेका थिए । सोही समारोहका बीच अध्यक्ष बिमलीले दमक जेसीज वर्ष २०२६ का लागि बोर्ड समिति गठन तथा मनोनयनको घोषणा गरेका थिए ।
अध्यक्ष बिमलीले महासचिव पदमा रुवल अधिकारी, कोषाध्यक्षमा सन्ध्या बराल, कानुनी सल्लाहकारमा विशाल अधिकारी, प्रकरण निर्देशकमा सुमन कुमाल तथा सचिवमा धर्म ढुंगानालाई मनोनित गरेका छन् । यसअघि पुस महिनामा सम्पन्न निर्वाचन प्रक्रियाबाट कार्यकारिणी उपाध्यक्षमा साजन श्रेष्ठ र कृष्ण भट्टराई निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै, उपाध्यक्ष पदमा आभुषण भट्टराई, सरिता आचार्य, कुमारबाबु गजुरेल र मनिष श्रेष्ठ निर्वाचित भएका छन् । जनसम्पर्क अधिकारीमा राहुल साह तथा तालिम निर्देशकमा पंकज पोखरेल निर्वाचित भएका थिए ।
पदस्थापन कार्यक्रममा कार्यक्रम संयोजक धर्म ढुंगानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन नवनियुक्त महासचिव रुवल अधिकारीले गरेका थिए । कार्यक्रममा साजन श्रेष्ठले धन्यवाद मन्तव्य राख्दै कार्यक्रमको समापन गरेका थिए ।





