२०८३ कार्तिक १९ बुधबार
२०८३ कार्तिक १९ बुधबार

विराटनगर जेसीजबाट राष्ट्रिय उपाध्यक्षमा कविराज दाहालको उम्मेदवारी

विराटनगर । विराटनगर जेसीजले नेपाल जेसीज वर्ष २०२७ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा जेसी कविराज दाहाललाई उम्मेदवारका रूपमा अघि सारेको छ।

विराटनगर जेसीजका अध्यक्ष २०२६ समेत रहेका दाहाल सामाजिक, व्यावसायिक तथा नेतृत्व विकासका क्षेत्रमा सक्रिय छन्। उनले जेसीज अभियानमार्फत युवाको नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन्।

व्यावसायिक रूपमा दाहाल एस.के. कम्प्युटरका प्रबन्ध निर्देशक, विराट भेहिकलका निर्देशक तथा सूर्यज्योति लाइफ इन्स्योरेन्स प्रा.लि., विराटनगरका वरिष्ठ शाखा प्रबन्धकका रूपमा आबद्ध छन्। उनी लियो क्लब अफ विराटनगर यङ हार्टका पूर्व अध्यक्षसमेत हुन्।

जेसीज अभियानमा प्राप्त अनुभव, नेतृत्व क्षमता र संस्थागत योगदानलाई थप उचाइमा पुर्‍याउँदै राष्ट्रिय स्तरमा आफ्नो भूमिका विस्तार गर्ने लक्ष्यसहित दाहाल राष्ट्रिय उपाध्यक्ष पदको यात्रामा अघि बढेका छन्।

विराटनगर जेसीजले उनको उम्मेदवारीलाई सफल बनाउन आवश्यक साथ, सहयोग र समर्थनका लागि सम्पूर्ण जेसीजकर्मीसमक्ष अपिल गरेको छ।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।